Comments Add Comment

फेस मेसिनले पढ्नेछ मान्छेको अनुहार

bbbcccतपाइँको अनुहारले के बताइरहेको छ ? अनुहार हेरेर व्यक्ति रिसाएको, खुसी भएको कुराको बारेमा केही अनुमान त गर्न सकिएला तर ठ्याक्कै भन्न भने गाह्रो हुन्छ । तर वैज्ञानिकहरुले भने यस्तो प्रविधिको विकाश गरेको छन् जसले मानिसको अनुहार पढ्छ र पत्ता लगाउँछ की मानिस खुसी छ वा रिसाएको छ ?

यसबाट अनलाइन विज्ञापन कम्पनीहरुले थाहा पाउनेछन् की मानिसहरु उसका विज्ञापन पेज देखेर खुसी छन् वा छैनन् । तर कम्पनीले यसका लागि पहिले प्रयोगकर्ताको अनुमति लिनेछ र त्यसपछि बायोमेटि्रक ट्रयाकिङका लागि विशेष वेबक्यामबाट मानिसको अनुहारको भाव रेकर्ड गर्नेछ ।

यो प्रविधिको विकाश गरेको हो रियलआइज नामक कम्पनीले । यसको प्रयोग बीबीसीले समेत गरिसकेका छ । आफ्नो एक रेडियो कार्यक्रम सुरुवात गर्नुभन्दा अघि श्रोत प्रतिक्रिया बुझ्नको लागि बीबीसीले यो प्रविधिको प्रयोग गरेको बताइएको छ ।

त्यसक्रममा १५० जना श्रोताहरुमा अध्ययन गरियो । रेडियो कार्यक्रमको मिठो धुन बजाउँदा श्रोताको अनुहारमा हुने परिवर्तन रेकर्ड गरिएको थियो । उनीहरुलाई त्यससँगै अरु कर्णपि्रय संगितका धून पनि सुनाइएको थियो र

मानिसको अनुहार पढ्ने यो मिसन निर्माण गर्ने कम्पनीका प्रबन्ध निर्देशक मिखाइल जेट्माका अनुसार यो कम्प्युटर प्रोग्राम आँखा, मुख तथा सबै अनुहारको गति वा भावलाई पढ्न सक्षम छ । यसले भविष्यमा ठूला कम्पनीहरुलाई आफ्ना उत्पादन तथा विज्ञापन प्रति उपभोक्ताको राय बुझ्न ठूलो सहयोग गर्ने दाबी उनको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment