Comments Add Comment

१६ बर्षे किशोरी मन्त्री बनिन्

तपाई एक दिनका लागि मन्त्री बन्नुभयो भने के गर्नुहुन्छ ? भारतीय सिनेमा नायक हेरेका नेपाली दर्शकहरुले एक दिनमै अनिल कपुरको जस्तो नायकीपन देखाउने कल्पना गर्छन । यो काल्पनिक प्रश्न हालै प्यालेष्टाइनमा वास्तविकता बन्यो ।

bashaer othman palestinian

प्यालेस्टाइनमा १६ वर्षीया युवती मन्त्री बनेकी छिन् । जम्माजम्मी एक दिन कुर्सीमा बसेकी उनले राष्ट्रसंघका महासचिव वान की मुनलाई पत्र लेखेर प्यालेष्टाइनीका समस्याबारे लविङ पनि गरिन् ।

त्यहाँका स्थानीय प्रशासनमन्त्रीले ती किशोरीलाई मन्त्री बन्ने अबसर दिएका थिए । प्यालेस्टायनी पत्रिका अल कुदुसका अनुसार बशाएर ओथमन एक दिनका लागि मन्त्री बनेकी हुन् ।

प्यालेस्टायनी प्राधिकरण सरकारमा एक दिनका स्थानीय प्रशासन मन्त्री बनेकी उनले राष्ट्रसंघका महासचिव वान कि मुनसमक्ष स्थानीय मुद्दा राखेकी छिन् । स्थानीय प्रशासन मन्त्री सईद अल कावनीले बशीर ओथमनलाई उनको जन्मदिनको अबसरमा मन्त्री बन्ने मौका दिएका थिए । ओथम गत वर्ष २ महिनाका लागि आफ्नो गृह क्षेत्र एल्लारको मेयर समेत भएकी थिइन् ।

१६ वर्षीया किशोरीलाई एक दिनका लागि मन्त्री बनाएका मन्त्री कावनीले भनेका छन्–‘यो अनुभव प्यालेस्टायनी नौजवानका लागि राम्रो उदाहरण र आदर्श बनेको छ । म चाहन्छु कि नौजवान अगाडि आएर ठूला जिम्मेवारी निभाउन ।’

बशाएर युवाहरुका लागि एक फोरम चलाउँछिन् । उनी भन्छिन –‘प्यालेस्टायनी राष्ट्र निर्माणमा युवाको सहभागिताका लागि काम गरिरहने छु ।’ समाचारमा जनाइएअनुसार राष्ट्रसंघका महासचिव मुनलाई लेखेको पत्रमा वशायरले प्यालेस्टायनीहरुले भोग्नु परेको समस्याबारे उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment