Comments Add Comment

श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार

त्रिमूर्ति निकेतनले श्रीहरि फुयाँल, सरुभक्त श्रेष्ठ र मञ्जु काँचुलीलाई यस वर्षका लेखनाथ, सम र देवकोटा पुरस्कार प्रदान गर्ने भएको छ । निकेतनबाट नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्‍याएबापत श्रीहरि फुयाँललाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसैगरी नाट्यक्षेत्रमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई बौद्धिक चिन्तन र सोचबाट उत्कृष्ठताको शिखरमा पुर्‍याउन उद्धत सरुभक्त श्रेष्ठलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्‍याएवापत मञ्जु काँचुलीलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रका साथै जनही दस हजार रूपियाँ राशिका यी पुरस्कार आगामी त्रिमूर्ति दिवसका अवसरमा असोज ११ गते काठमाडौंमा प्रदान गरिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment