Comments Add Comment

ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाउँदा…

आफ्नै ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाउँदा अमेरिकाकी एक महिलालाई ठूलै आपत परेको छ । अमेरिकाको टेनिसीकी बासिन्दा क्रिस्टी ब्लाकले आफ्नो ब्वायफ्रेण्डको ५ हजार डलर चोरेर त्यो पैसालाई लुकाउन मलद्वारभित्र घुसाउँदा उनी झण्डै खुस्किएकी हुन् ।

1

समाचार अनुसार ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाएर कुलेलम ठोकेकी ब्लाकले पछि उक्त लुकाएको पैसा मलद्वारको नलीबाट निकाल्न खोज्दा निस्किएन ।

पैसाको मूठो भित्रै पसेको थियो । उनले ट्वाइलेट ब्रसको प्रयोग गरेर मलद्वार नलीबाट पैसा निकाल्ने कोसिस गरिन् ।

पैसाको मुठो नलीमा निकै अडि्कएको रहेछ त्यसैले त्यो मुठो तान्दाखेरि घाउ बन्यो र बेस्कन रगत बग्न थाल्यो ।

वास्तवमा ती महिलाका ब्वायफ्रेण्ड बबी गलीले आफ्नी गर्लफ्रेण्डको इमान्दारिताको जाँच गर्न घरभित्र टेबुलमा पैसाको झोला राखेर सुतेछन् ।

पछि उनी जाग्दा त्यहाँ पैसा हराएको थियो । उनले गर्लफ्रेण्ड ब्लाकलाई पैसा कहाँ गयो भनेर सोेधे ।
सुरुमा त ब्लाकले बताइनन् तर अन्तिममा उनले आफ्नो मलद्वारमा लुकाएको खुलासा गरिन् ।

पछि त्यो पैसा मलद्वारबाट निकाल्न लाग्दा निकै डरलाग्दो गरि रक्तश्राव भयो र उनलाई तत्कालै अस्पताल पूराए बबीले ।

अस्पतालमा उनको मलद्वारबाट पैसाको मुठो निकालियो । उनीमाथि पैसा चोरेको आरोपमा अभियोग दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment