Comments Add Comment

बढ्दैछ मान्छेको उचाइ

वैज्ञानिकहरुका अनुसार विश्वमा मानिसहरुको औषत उचाइमा वृद्धि भैरहेको छ । विभिन्न युरोपेली क्षेत्रका हजारौँ मानिसहरुमा गरिएको अध्ययनले १९ औँ सताब्दीको मध्यतिरबाट यता मानिसको औषत उचाइ ११ सेन्टिमिटरले बढेको पाइएको छ ।

1111

अध्ययन अनुसार बेलायती २१ वर्षे पुरुषको औषत उचाइ सन् १८७१ देखि ७५ सम्मको अवधिमा ५ फिट ५ इन्च रहेकोमा सन् १९७१ देखि ७५ सम्मको अवधिमा ५ फिट १० इन्च पुग्यो ।

अक्सफोर्ड इकोनोमिक्स पेपर जर्नलमा छापिएको खबर अनुसार उचाइमा भैरहेको वृद्धिको यो तथ्यांक पुरुषहरुको मात्र हो । महिलाहरुको उचाइका विषयमा निके कम मात्र ऐतिहासिक तथ्यांक उपलब्ध भएकाले पुरुषहरुको तथ्यांक मात्र निकालिएको हो ।

बेलायतको एसेक्स विश्वविद्यालयका प्राध्यापक टिम ह्याटनका अनुसार तर उचाइमा भएको यो वृद्धिमा डार्विनको सिद्धान्त लागु भएको भन्न सकिने अवस्था भने छैन । उनको भनाइमा २० औँ सताब्दीमा मानिसको औषत आयुमा पनि वृद्धि भएको छ । १९ औँ सताब्दीमा बाँच्ने सम्भावना नभएका मान्छेहरु समेत बिसौँ सताब्दीमा बाँच्न सफल भएका छन् ।

मानिसको सरीर हृष्टपुष्ट हुँदै जानु र उचाइ पनि बढ्नुमा वंशाणुगत सम्वृद्धि भन्दा पनि स्वास्थ्य, जनचेतना, पोषण, शिक्षा, आय तथा जिवनशैलीमा आएको परिवर्तन मुख्य कारक हुनसक्ने ठहर वैज्ञानिकहरुको रहेको छ । युरोपेली मानिसहरुको औषत उचाइमा भएको वृद्धिले युरोपेली क्षेत्रमा जनताको स्वास्थ्य अवस्थामा सुधार भएको पुष्टि गर्ने शोधकर्ता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment