Comments Add Comment

५२ वर्षीय छोराद्वारा २८ वर्षीय पितालाई दागबत्ति !

सम्भवत पहिलोपटक ५२ बर्षका छोराले आफ्ना २८ बषिर्य बाबुलाई दागबत्ति दिन गइरहेका छन् । हरियाणाको मिरपुर गाउँका रामचन्द्र यादव अब आफ्ना फौजी बाबु हवलदार जगमाल सिंहको शवको प्रतीक्षा गरिरहेका छन् ।

जगमाल सिंहको शव ४५ बर्षदेखि ग्लेसियरमा पुरिएको थियो । उनले सपनामा पनि सोंचेका थिएनन कि बिमान दुर्घटनामा मृत्यु भएका आफ्ना पिताको शव ४५ बर्षपछि पाइन्छ भनेर ।

गत अगष्ट २२ मा भारतीय सेनाले ४५ बर्षअघि बिमान दुर्घटनामा मरेका सैनिकको शवसँगै जगमालको शव पनि फेला पारेको छ । शव फेला पार्दा शरीरमा सैनिक पोशाक कायम थियो भने खल्तीमा सैनिकको परिचय दिने कागजात पनि रहेको थियो । उनको साथमा परिचय खुल्ने पट्टासँगै बिमा नीति तथा उनका परिवारले पठाएको पत्र चिठी पनि भेटिएको छ ।

सन् १९६८ को फेब्रअरी महिनामा एक मालबाहक बिमान दुर्घटनामा यी सैनिकको मृत्यु भएको थियो । उनको शव सेनाले ढाक्का हिमनदीमा पाँच हजार चार सय मिटरको उचाईमा फेला परेको बताइएको छ ।

पर्वतारोहीले सन् २००३ मा उक्त क्षेत्रमा शव देखेका थिए । त्यसपछि सेनाले खोजी अभियान चलाएको थियो जसबाट चारवटा शव फेला पारेको थियो ।

आफै पनि सैनिक सेवाबाट अबकाश पाइसकेका रामचन्द्र भन्छन-‘बिमान दुर्घटना हुँदा म ६ बर्षको थिएँ । अब म ५२ बर्ष भइसकेछु र मैले मेरा २८ बर्षका बाबुको शव पाउँदैछु ।’-एएफपी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment