Comments Add Comment

माइक्रोसफ्टले नोकिया किन्ने

१८ भदौ, काठमाडौं । फिनिस मोबाइल सेट निर्माता कम्पनी नोकियाको सेयर आज मंगलबार ४५ प्रतिशतले आकासिएको छ । नोकियाले आफ्नो मोबाइल फोन युनिट ५ अर्ब ४४ करोड यूरो अर्थात ७ खर्ब १७ अर्ब रुपैयाँ माइक्रोसफ्टलाई बिक्री गर्ने निर्णय गरेपछि सेयर मूल्य बढेको हो ।

nokia4

हेलसिंकी स्टक एक्सचेञ्जमा आज भएको कारोबारमा बजार खुल्दा नोकियाको सेयर ४.३ यूरो कायम भएको थियो । नोकियाको सेयर मूल्य ३ यूरोभन्दा कममा कारोबार हुँदै आएको थियो । नोकियाको मूल्यले सिंगो बजारलाई नै ४.३ प्रतिशतले माथि धकेलेको छ ।

माइक्रोसफ्टले नोकिया ओयजको फोन बिजनेश र लाइसेन्स किनेको हो । अब नोकियाको बिक्री भएको युनिटअन्तर्गतको स्मार्टफोन माइक्रोसफ्टले उत्पादन गर्नेछ । माइक्रोसफ्टले १० वर्षसम्म नोकिया ब्राण्ड प्रयोग गरेर स्मार्टफोन उत्पादन गर्न पाउनेछ । नोकियाले सन् २०११ देखि माइक्रोसफ्टले निर्माण गरेको विण्डोज फोन अपरेटिङ्ग सिस्टम प्रयोग गर्दै आएको छ ।

अब नोकियाको नेटवर्क बिजनेश, नेभिगेसन अफरिङ्ग र पेटेन्ट पोर्टफोलियो घट्नेछ । यद्यपि प्रस्तावित बिक्री पछि पनि सबै फोन सेक्टरमा सामसुङ पछि नोकिया दोस्रो स्थानमा रहने छ । तर स्मार्टफोन सेक्टरमा भने यो टप फाइफबाट पनि तल ओर्लनेछ ।

कम्पनीको युनिट बिक्रीसँगै नोकियाका कार्यकारी प्रमुख स्टेफन इलोप माइक्रोसफ्टमै र्फकने भएका छन् । इलोप पहिले पनि माइक्रोसफ्टकै कर्मचारी थिए । अब उनी माइक्रोसफ्टका कार्यकारी प्रमुख स्टेभ वालमेरको उत्तराधिकारी हुनेछन् । वालमेरले १२ महिनापछि माइक्रोसफ्ट छोड्दैछन् । अहिले इलोप सञ्चालक समितिको कुनै सदस्यको रुपमा रहनेछन् ।

नोकिया फोन बिजनेशमा १५० वर्ष पुरानो कम्पनी हो । यसले एक पटक विश्वको मोबाइल फोन बजारमा आफ्नो बर्चश्व स्थापित गरेको थियो । नोकिया यूरोपको पि्रमियर टेक्नोलोजी ब्राण्डमध्ये एक प्रमुख ब्राण्ड हो । एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले यसको बजारलाई पछिल्ला वर्षमा चुनौती दिएका हुन् ।

क्यानेडेली इलोप सन् २०१० मा माइक्रोसफ्टबाट नोकिया आएका थिए । उनीसँग अन्य वरिष्ठ कर्मचारीहरु जो हारलोव, जुहा पुटकिरत्न, टिमो टोइकानेन र चेरिस वेबर पनि माइक्रोसफ्ट जानेछन् । उनीहरुको जिम्मेवारी टुंगो लाग्न बाँकी छ ।

अब नोकिया अध्यक्ष रिस्टो सिलासमाले नै सिईओको पनि जिम्मेवारी लिने छन् । नोकिया युनिटको बिक्री प्रक्रिया सन् २०१४ को प्रथम चौमासिकसम्म सक्ने लक्ष्य राखिएको छ । यो निर्णय नोकियाको साधारणसभा र नियामक निकायबाट स्वीकृत हुन बाँकी रहेको छ ।

नोकिया लुमिया सिरिजले स्मार्टफोनको बजारमा केही योगदान दिएको छ । सो सेटपछि विश्व स्मार्टफोनमा विण्डो फोनको हिस्सा ३.३ प्रतिशत पुगेको थियो । सोही सेटको बिक्रीले ब्लाकबेरीलाई नोकियाले यो वर्ष पहिलो पटक जितेको थियो । गुगलले निर्माण गरेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइड र एप्पलको आईओएस सिस्टमले ९० प्रतिशत बजार लिएका छन् ।

‘मसहित हामी अधिकांश फिनिसको लागि नोकिया मोबाइल हामीसँग विकास भएका हाम्रै अंश हुन्’, फिनल्याण्डका विदेश मन्त्री अलेक्जाण्डर स्टुबले ट्वीटरमा भनेका छन्, ‘नोकिया बिक्री गर्ने निर्णयबाट म भावुक भएको छु ।’

nokia1

nokia5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment