Comments Add Comment

लोग्नेलाई मारेर मासु पकाइन् महिलाले

मान्छे कतिसम्म निर्दयी बन्न सकेको हँ ? चीनमा एक महिलाले निर्दयीपनाको पराकाष्ठा प्रस्तुत गरेकी छिन् । ती महिलाले आफ्नै लोग्नेलाई मारेर मासु पकाएकी छिन् ।

अनहुइ प्रान्तको लुआन सहरकी ती महिलाले आफ्नो लोग्नेलाई मारिन्, उनको जिउ पानीमा पकाइन् अनि प्रहरीमा उजुरी गर्न गइन् । लोग्नेको जिउ शव काटेर पकाएपछि हत्या गरेको प्रमाण नभेटियोस् भन्ने उनको आकांक्षा थियो ।

296907-cookingpot-1322147049-350-640x480

ती महिलाले वास्तवमा बदला लिनको लागि लोग्नेलाई मारेर मासु पकाएकी रहिछन् । लोग्नेले ५६ दिनकी छोरीको जिउमा अन्धविश्वासी भएर सियो रोपेको प्रति क्रुद्ध रहेकी उनले लोग्नेले आफुलाई पनि वर्षौँदेखि पीडा दिँदै आएको बताइन् ।

प्रहरीमा उनले दिएको बयान अनुसार लोग्नेमाथि आक्रमण गरी तिन दिनसम्म यातना दिएर उनले अन्त्यमा लोग्नेलाई मारेकी थिइन् । उनले लोग्नेलाई बाँधिन्, खाना र पानी पनि दिइनन् र नमरुन्जेल पिटिरहिन् । त्यसपछि उनले लोग्नेको सरीरलाई टुक्रा टुक्रा पारिन् अनि कुकरमा पकाइन् । त्यसपछि उनी प्रहरीमा उजुरी गर्न गइन् आफुलाई आफ्नो लोग्नेले लामो समयदेखि हिंसा गरिरहेको भन्दै ।

लोग्ने आफुलाई पीडा दिएर कतै भागेको आशंका प्रहरीले गर्ने र आफुलाई हत्याको आशंका नगर्ने आशा उनको थियो । तर प्रहरीले उनको उजुरीको सुनुवाइ गर्ने क्रममा आखिर ती महिलाले लोग्नेलाई मारेर मासु पकाएको कुरा पत्ता लगाए । ती महिला र उनका लोग्नेको नाम भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment