Comments Add Comment

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

२० भदौ, काठमाडौं । डिफेण्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतलाई २–१ गोल अन्तरले पराजित गरेको नेपाल ७ अंकका साथ समूह एको विजेता बनेको छ । भारतविरुद्ध नेपालले ७ वर्षपछि जित हात पारेको हो । यसअघि २००६ मा भएको एएफसी च्यालेन्ज कपमा नेपालले भारतलाई पराजित गरेको थियो ।

हारपछि पनि भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ । अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेपनि हेड टु हेडमा भारत अघिल्लो चरण प्रवेश गरेको छ । भारत र पाकिस्तानको समान ४–४ अंक भएपनि समूह चरणमा आत्मघाती गोलका कारण व्यहोरेको हार नै उसका लागि घतक बन्यो । पाकिस्तानसँगै बंगलादेश समूह चरणबाटै बाहिरिएका छन् ।

nepal-vs-india-football

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सुरुवाटै आक्रमक खेल खेलेको थियो । भोला सिलवालको प्रहार बारमा लगेर फर्कदाँ नेपाली दर्शक चुकचुकाएका थिए । १३ औं मिनेटमा नेपालले लगातार दुई आक्रण गरेको थियो । एकपछि अर्को गर्दै भारतीय पोष्टमा धावा बोलेको नेपालले १६ औं मिनेटमा पनि राम्रो मौका पाएको थियो । ३८ औं मिनेटमा भारतको आक्रमण नेपाली गोलरक्षक किरण चेम्जोङले असफल पारे । पहिलो हापको अन्त्यमा नेपालले केही राम्रो मौका श्रृजना गरे पनि गोल गर्न सकेन ।

छुट्यो कि ?

 ७ वर्षपछि नेपालले भारतलाई हराउँदा…(फोटोफिचर)

दोस्रो हापको सुरुमा नै नेपालले अर्को माका गुमायो । भोला सिलवालको प्रहार भारतीय गोलरक्षकले मुस्किलले बताए । ५५ औं मिनेटमा भोलालाई लडाएपछि भारतीय कप्तान सुनिल क्षेत्रीले पहेँलो कार्ड पाए । दुइृ पहेँलो कार्डका कारण उनले सेमिफाइनल गुमाउनेछन् । ६३ औं मिनेटमा भारतीय रविन सिंहको बल सन्दीप राईले बचाए ।

६९ मिनेटमा भने नेपाल भारतविरुद्ध गोल गर्न सफल भयो । सन्दीप राईको फ्रिकिकमा विक्रम लामाले गरेको हेड बल बारमा लागेर फर्किएको थियो । डि बक्समा अनमार्क रहेका अनिल गुरुङले गोल गरे र नेपाललाई सुरुवाति अग्रता दिलाए । ७१ औं मिनेटमा पाएको अर्को फ्रिकिकमा सन्दीपले राम्रो प्रयास गरेका थिए । ७६ औ मिनेटमा अनिलले मिलाएको पासमा जुमानु राई वान भर्सेज वानमा गोल गर्न चुके । ८० औं मिनेटमा नेपाल काउन्टरमा गोल गर्न सफल भयो । रविन श्रेष्ठले एक प्रयासमा बल अघि बढाउँदै दिएको पासमा जुमानु राईले वन चट गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका हुन् ।

८६ औं मिनेटमा भरत खबासको स्थानमा युवा स्ट्राइकर विमल घर्तिमगर मैदान प्रवेश गरे । मैदान प्रवेश गरे लगतै पाएको बलमा उनले प्रहार नै गर्न सकेनन् । अतिरिक्त समयमा भारत सान्त्वना गोल गर्न सफल भयो । नावीको क्रममा रविन सिंहले एयर बलमा गोल गरेका हुन् । खेलमा थप गोल हुन सकेन र नेपाल भारतविरुद्ध २–१ को जित निकाल्न सफल भयो ।

खेलमा अनिल गुरुङ च्यान अफ दि च्याच घोषित भएका छन् । खेलपछि उनले गोल गर्न पाएको निकै खुसी व्यक्त गरे । ‘चोटका कारण साफ खेल्न नपाइने हो कि भन्ने चिन्ता थियो तर, फिजियोले कडा मेहनत गरेर फिट बनाए’ उनले भने आजको गोल फिजियोलाई समर्पित गर्छु । अनि टिम मेम्बर र सम्पूर्ण दर्शकलाई ।’ अन्तराष्ट्रिय फुटबलमा अनिलको यो दशौं गोल हो ।

सेमिफाइनलमा कोसँग भेट होला ?

सेमिफाइनलमा नेपालको भेट भोलि शुक्रबार हुने अफगानिस्तान र माल्दिभ्सबीचको खेलले टुंगो लगाउनेछ । दुबै टोली समूह चरणको अन्तिम खेल अघि नै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा नेपालको भेट शुक्रबारको खेलमा पराजित हुने टिम अर्थात समूह बीको उपविजेतासँग हुनेछ । बराबरी खेलेको अवस्थामा भने गोल अन्तरका आधारमा माल्दिभ्स समूह विजेता बन्नेछ । यस्तो अवस्थामा नेपालको भेट अफगानिस्तानसँग हुनेछ ।

नेपाल र भारतबीचको खेलका लाइभ अपडेटको आर्काइभ हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment