Comments Add Comment

प्रधानसेनापति राणा बेलायत भ्रमणमा

२० भदौ, काठमाडौं । निमन्त्रणामा प्रधानसेनापति गौरवशम्शेर जबरा बेलायतको सप्ताहव्यापी भ्रमणमा जानु भएको छ । बेलायती सेनाध्यक्ष सर पिटर वालको औपचारिक निमन्त्रणमा प्रधानसेनापति लण्डन प्रस्थान गर्नु भएको हो । भ्रमणबाट दुई देशका सेनाबीचको मित्रता, सद्भाव तथा आपसी सहयोगले निरन्तरता पाउने विश्वास नेपाली सेनाले लिएको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

यसअघि जबरा राष्ट्र भारत तथा चीनको भ्रमणमा जानुभएको थियो । प्रधानसेनापतिको औपचारिक निमन्त्रणामा बेलायती सेनाका सेनाध्यक्ष वाल नेतृत्वको दुई सदस्यीय टोली गत मङ्सिरको पहिलोसाता नेपाल भ्रमणमा आएको थियो ।  भ्रमणका क्रममा प्रधानसेनापति नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डलले सेनाध्यक्ष वाल, त्यहाँको प्रतिरक्षा सेवाका प्रमुख निकोलास हक्टन, विदेश तथा राष्ट्रमण्डल कार्यालयका मन्त्री हृयुगो स्वाय र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागका प्रमुख कृष मर्गट्रोइडलगायत पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै बेलायतमा नजरबन्दमा रहेका सेनाका कर्णेल कुमार लामालार्इ पनि भेट्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment