Comments Add Comment

आधा मुटु भएका बालकलाई पौडीले बँचायो

जन्मिँदा केवल आधामात्र मुटु भएको मान्छे के बाँच्न सम्भव छ ? हामीकहाँ त कदापि छैन । तर बेलायतमा भने आधा मुटु लिएर जन्मेका एक बालकको स्वास्थ्यमा चामत्कारिक सुधार आयो र अहिले उनी लगभग स्वस्थ बनिसकेका छन् । जन्मिँदाखेरि नै डाक्टरहरुले बच्चा बाँच्ने सम्भावना केवल ५० प्रतिशत मात्र रहेको बताएका थिए । तर चिकित्सा विज्ञानलाई कडा चुनौति दिँदै उक्त बच्चाले आफ्नो मृत्युलाई पराजित गर्न सफल भएको छ । मृत्युसँगको लडाइँमा पौडी थेरापी उनको सारथी बनेको छ ।

1

बेलायतको बि्रगटनका ती बालकलाई जन्मिएको केही घण्टामै मुटुको शल्यक्रिया गर्नुपर्ने भयो । तर जन्मिँदाबित्तिकै गरिने त्यस्तो शल्यक्रिया निकै जोखिमपूर्ण हुने र बालक बाँच्ने सम्भावना निकै कम हुने डाक्टरहरुले बताएका थिए । उनको मुटुको शल्यक्रिया भयो, शल्यक्रिया पछि उनलाई खतरनाक हृदयाघात भयो र मुटुमा संक्रमण पनि भयो । उनको मुटुमा पटक पटक संक्रमण भएपछि उनलाई धेरैपटक अस्पतालमा भर्ना गर्नुपर्यो । एक वर्षसम्म मर्नु र बाँच्नु भएर बाँचेका ती बालकलाई जब उनकी आमाले पोखरीमा पौडि खेलाउन लगिन् तब उनको अवस्थामा नाटकिय सुधार भयो ।

ती बालककी आमा लुसी बुसबेले बच्चालाई नियमित रुपमा पोखरीमा लगेर पौडि खेलाउन थालेपछि ती बालकको स्वास्थ्य निकै सुधि्रयो । आफ्नो छोरा पानीमा बाँच्ने खालको रहेको लुसी बताउँछिन् । अहिले हरेक हप्ता छोरालाई पौडी खेलाउँछिन् उनी ।

अहिले आधा मुटु भएको त्यो बालक १७ महिनाको भैसकेको छ र ऊ हिँडन्, दौडिन, बोल्न तथा पौडिन समेत सक्छ । तर दौँडिदा भने उसलाई स्वास फेर्न निकै गाह्रो हुन्छ । पौडिँदा भने बालकलाई निकै सजिलो हुने आमा लुसी बताउँछिन् ।

ती बालकलाई हिप्लोब्लास्टिक लेफ्ट सिन्ड्रोम रोग लागेको छ । यो निकै दुर्लभ जन्मजात रोग लागेका मानिसको मुटुको बायाँ भेन्टि्रकलले रगत पम्प गर्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment