Comments Add Comment

फुटबल लाइभ हेर्न नपाउँदा विद्युत प्राधिकरण तोडफोड

२० भदौ । नेपाल र भारतवीच साफ गेम भइरहेका लोडसेडिङका कारण टेलिभिजनमा खेल हेर्न नपाएको झोंकमा कीर्तिपुरका युवा विद्यार्थीहरुले त्यहाँस्थित विद्युत प्राधीकरणको कार्यालयमा तोडफोड गरेका छन् । ४/५ हजारको संख्यामा आएका युवाले कार्यालयमा घेराऊ गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न सकेन र ६ बजे आउने बत्ती साढे ४ बजे नै दिइयो र बल्ल भीड हट्यो ।

todfood

फुटबल हेर्न नपाएको झोंकमा लोडसेडिङ नगर्न माग गर्दै प्राधीकरण पुगेका युवाले तोडफोड र ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले भीड हटाउन नसकेपछि प्रहरीको अनुरोधमा विद्युत प्राधीकरणले लोडसेडिङ हटाएको थियो । लोडसेडिङ हटेपछि युवाहरु टेलिभिजनमा फुटबल हेर्न घरमा फर्केका थिए ।

‘प्रहरीले भीड हटाउन सकेन, पछि बत्ती आएपछि उनीहरु गए, प्राधिकरणका कर्मचारीले अनलाइनखबरसँग भने- ‘हामी साना कर्मचारीले के गर्नु र हजुर, हामी अफिसमा काम गरिरहेका थियौं, एक्कासी आएर झ्याल र टेबलका जम्मै सिसा फुटाए ।’

todfood-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment