Comments Add Comment

नेपाल भारतको फुटबल खेलमा टिकटको कालोबजारी, तीन सयको टिकटलाई हजार

२१ भदौ, काठमाण्डौं । राजधानीमा जारी आठौं साफ च्याम्पियनसिप फुटबलमा बिहीबार नेपाल र भारतबीच खेलको अन्त्य जति सुखद भयो, फुटबल फ्यानहरुले खेलको टिकट पाउन त्यत्तिकै तनाव भोग्नुपर्‍र्यो । भारतमाथि २)१ को जीतसँगै दर्शकले पीडा बिर्सिए पनि त्यसअघि टिकट पाउन भएको संर्घष भने उदेकलाग्दो थियो ।

टिकट काउन्टरमै बसेकाहरुले मिलेमतोका कारण समय नुहँदै टिकट सकिएको बताएर कालोबजारी गरिएको थियो । ‘३:३० बजेको खेल हेर्न १२ बजे नै पुगेको थिएँ तर टिकट पाइएन,’ शंखमूलका रत्न थापा भन्दै थिए, ‘भीआईपीतर्फको ७ सय रुपैयाँको टिकटलाई १५ सय रिेको पाइयो । ‘ उनीमात्र होइन सीतापाइलाका राजु विष्टले ३ सय पर्ने ९ वटा टिकट सात सय रुपैयाका दरले किने । ‘छिटो पुगेर धन्न सात सयमा पाइयो, ढिलो भएको भए १ हजार तिर्नुपर्ने रहेनछ, उनले भने-कारोबार दैनिकमा खबर छ ।

साधारण प्याराफिटको ३ सय रुपैयाँको टिकलार्य १ हजार सम्म र भीआइपीतर्फ ७ सय रुपैयाँको टिकटलाई १५ सय देखि २ हजार रुपैयाँसम्ममा बिक्री गरिएको थियो । टिकट नपाएर रंगशाला बाहिर जम्मा भएका दर्शक एन्फा विरुद्ध नाराबाजी गरिरहँदा प्रहरीले बल प्रयोग गरे्र उनीहरुलाई तितरवितर पारेको थियो । यो अवरोधले टिकट लिएर रंगशाला छिर्न खोज्नेले पनि समस्या भोगेका थिए । एन्फाका अनुसार बिहीबार मात्रै ५० लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment