Comments Add Comment

साफको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग भिड्ने

२१ भदौ, काठमाडौं । राजधानीमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले अफगानिस्तान प्रतिद्वन्द्वी पाएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा अफगानिस्तानसँग गोलरहित बराबरी खेलेको माल्दिभ्स ७ अंकका साथ समूह बीको विजेता बनेको छ भने समान अंक जोडको अफगानिस्तान गोल अन्तरमा पछि पार्दै समूह उपविजेता बनेको छ । भारतलाई पराजित गरेको नेपाल समूह एको विजेता हो भने हारका बावजुत भारत समूह उपविजेताका रूपमा अन्तिम चारमा पुगेको छ ।

nepali-football-team

नेपाल र अफगानिस्तानबीचको खेल आइतबार साढे ६ बजे दशरथ रंगशालामा हुनेछ । यो पटक घरेलु टोलीलाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । उत्कृष्ट र्फममा रहेको नेपाली टोली अफगानिस्तानविरुद्ध जित हात पार्दै पहिलो पटक फाइनलमा प्रवेश गर्ने दाउमा हुनेछ ।

अफगानिस्तान र नेपाल अहिलेसम्म ५ पटक भिडेका छन् । जसमध्ये ३ खेल नेपालले जितेको छ भने एक खेल अफगानिस्तानको पक्षमा गएको छ । एक खेल बराबरीमा सकिएको थियो ।

तर, पछिल्लो पटक २ वर्षअघि दिल्लीमा भएको भेटमा नेपाल अफगानिस्तानसँग १-० गोल अन्तरले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो । उक्त खेलको १ सय १ औं मिनेटमा अफगानिस्तानले गोल गरेको थियो भने खेलको अन्त्यतिर नेपालका विराज महर्जन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

डिफेन्डिङ च्याम्पियन भारतले भने सेमिफाइनलमा माल्दिभ्सको सामना गर्नेछ । अघिल्लो संस्करणको फाइनलमा पुग्ने क्रममा भारतले माल्दिभ्सलाई ३-१ ले पराजित गरेको थियो ।

शक्रबार भएको समूह बीकै अर्को खेलमा श्रीलंकाले भुटानलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । श्रींलका र भुटान यसअघि नै प्रतियोगितावाट बाहिरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment