Comments Add Comment

झापाकी दीपाले जन्माइन चम्ल्याहा सन्तान

२१ भदौ, विराटनगर । झापाको धुलाबारी २ की २६ बर्षकी दीपा भट्टराईले चम्ल्याहा सन्तान जन्माएकी छन् । नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरी बिहीबार दिउँसो दुई बजेर ३७ मिनेटदेखि ३ बजेसम्म ३ छोरा र १ छोरी जन्माएकी हुन् ।

२८ हप्तामा जन्मिएका शिशुको तौल छोरीको ८ सय ग्राम, दुईको १ किलो २ सय ग्राम र एउटाको १ किलो छ । शिशुहरुलाई श्वासप्रश्वासमा अक्सिजन सेचुरेसनको कमी देखिएपछि अतिसघन उपचार कक्षमा राखिएको छ । ‘अढाई महिनामै ४ वटा छन् भन्ने थाहा भएको थियो,’ दीपाले भनिन् निकै पीडा भएपछि उनलाई धरानस्थित बीपी प्रतिष्ठान लगिएकोमा त्यहाँ भर्ना लिन नमानेपछि विराटनगर पुर्‍याएको दीपाका श्रीमान घनश्यामले बताए ।

उनले भने,’ त्यहाँ बिरामीका लागि बेड थिएन । यस्तो अवस्थामा भुईमा राखेर कसरी उपचार गराउनु भनेर विराटनगर ल्याइयो ।’ घनश्याम छिमेक लघुवित्त विकास बैंकका शाखा प्रवन्धक हुन । दीपा त्यहाँको सूर्योदय बोडिङमा पढाउने गरेको आजको कान्तिपुर तथा अन्य पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment