Comments Add Comment

प्रचण्ड र उपेन्द्रको मोर्चाबन्दीप्रति शरतसिंह बेखुश

२१ भदौ, काठमाडौं । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले एमाओवादी र मधेसी जनअधिकार फोरम नेपालबीचको चुनावी तालेमल प्रस्तावप्रति असन्तुष्टी जनाउनु भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल नेपालको हालै बसेको बैठकले चुनावी तालमेलमा प्रचण्ड नेतृत्वको एमाओवादीलाई पहिलो प्राथमिकतामा राखेको छ ।

saratsingh bhandariमधेशी पत्रकार संघको टोलीसँग कुराकानी गर्दै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष भण्डारीले भन्नुभयो–‘एमाओवादी र फोरम नेपालको मोर्चामा मलाई विश्वास छैन । यदि भयो भने त्यसमा मेरो विमती छ ।’ उहाँले आफ्नो पार्टी, फोरम नेपालसहितका ८ दलको संघीय लोकतान्त्रिक मोर्चा नेपालमा रहेका दलहरुबीच नै तोलमेल गर्नु पर्ने बताउनु भयो ।

भण्डारीले महन्थ ठाकुर र विजयकुमार गच्छदारसँग पनि मोर्चाबन्दी र चुनावी तालमेल नगर्ने बताउनु भयो । ‘महन्थ र विजयको सरकारी मोर्चासँग तालमेलका लागि हामीलाई दबाव छ’ भारततर्फ संकेत गर्दै उहाँले भन्नुभयो–‘तर हामी मधेसमा एउटै मोर्चा बनाउने पक्षमा छैनौं । विकल्पका रुपमा हाम्रो मोर्चा रहनुपर्छ । यसले जनतालाई जान्न सजिलो हुन्छ ।’

राष्ट्रिय मधेश समाजवादीका अध्यक्ष भण्डारीले चुनावी तालमेलबारे आफ्नो पार्टी र फोरम नेपालबीच छलफल सुरु भइसकेको समेत जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment