Comments Add Comment

मोसो लगाएकै ठाउँमा अबीर लगाएर स्वागत

२१ भदौ, मोरङ । मोरङको बेलबारी ३ मा डेढ महिनाअघि गैरदलितको चरम यातना पाएर गाउँबाट विस्थापित बनेकी ३० बर्षकी माया सार्कीलाई बिहीबार गाउँमै लगेर पुनस्थापित गरिएको छ ।

जिल्ला प्रशासनको अगुवाईमा राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारसँग सम्बन्धित विभिन्न संघसंस्था, स्थानीय समाजसेवी, भद्रभलाद्मी, सञ्चारकर्मीसमेतको रोहबरमा मायालाई गाउँमा पुर्नस्र्थापित गराइएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार पुनस्थापनाका लागि विराटनगरबाट मायालाई साथमै लिएर गएको टोली बिहीबार विहान ८ बजे बेलबारी ३ करमडाँडा पुगेको थियो । मायालाई दुव्र्यवहार गरिएकै स्थानमा स्वागत र सम्मान कार्यक्रम आयोजना गरी पुनस्थापना हुने वातावरण सिर्जना गरिएको हो ।

आफूमाथि जबरजस्तीको प्रयास भएको भन्दै प्रहरीमा उजुरी गर्न गएकी बेलबारी ३ की माया र उनलाई प्रहरीमा जान सहयोग गर्ने दलीत अगुवा एवं पत्रकार मनोज विश्वकर्मामाथि स्थानीय गाउँलेले गत साउन ७ गते मोसो दल्नुका साथै जुक्ताको माला लगाएर कुटपिट गर्दै चरम यातना दिएका थिए । यातनापछि साउन १० गतेदेखि विस्थापित बनेकी माया विराटनगरस्थित आरेक नेपालको संरक्षणमा बसेकी अन्नपूर्ण पोस्टमा खबर छ । उनलाई करिब डेढ महिनापछि पुनस्थापना गराउन स्थानीय प्रशासन सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment