Comments Add Comment

कहिले आउला शैक्षिक योगीको दाह्री काट्ने दिन ?

२१ भदौ, संखुवासभा । लामो कपाल र सेता दाह्री भएका, गेरुबस्त्रधारी माम्लिङ ७ का ६१ वर्षीय भूपाल नेपालले दाह्री र कपाल नकाटेको ६ वर्ष बितिसक्यो । पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएकै १५ दिनपछि खाँदबारीमा केही शिक्षकसामु जनताको संविधान नबनेसम्म दाह्री र कपाल नकाटने उद्घोष गरेका नेपालको दाह्री कपाल काट्ने दिन कहिले आउने हो, कुनै टुंगो छैन । उहाँलाई संविधानमात्रै होइन, ‘धर्म सापेक्ष जनसंविधान’ चाहिएको छ ।

DSC02557

‘जबसम्म यो राष्ट्रमा धर्मसापेक्ष सनातन जनतान्त्रिक हिन्दु राष्ट्र नेपाल उल्लेख भएको संविधान बन्दैन, तबसम्म यो दाह्री र कपाल काट्दिन ।’ उहाँको प्रतिवद्धता छ, संविधान बन्न नसके यतिकै प्राण उत्सर्ग गर्छु ।’

‘जातीय राज्य नेपालजस्तो वहुसाँस्कृतिक मुलुकमा संभव नहुने बताउँदै प्राकृतिक स्रोत र साधनका आधारमा संघीय राज्य स्थापना हुनुपर्नेमा नेपालको माग छ । ‘शान्ति पार्टी नेपाल’का केन्द्रीय सदस्य एवं संखुवासभा जिल्लाका अध्यक्षसमेत रहुनभएका नेपालले शीर्षस्थ नेताहरु अधिकांश हिन्दु रहे पनि धर्म निरपेक्ष घोषणा गरेर मुलुकमाथि लागि गद्दारी गरेको आरोप लगाउनुभयो ।

४४ वर्ष अस्थायी 

पूर्वकम्युनिष्ट रातोझण्डा समूहमा लागेवापत ६ देखि ७ पटकसम्म विद्यालयबाट निस्कासनमा पर्नुभएका नेपालले ४४ वर्ष प्राथमिक विद्यालयको अस्थायी शिक्षक भई गत सालमात्रै अवकाश लिनु भएको छ । ‘आफुुसंगैका सबै शिक्षक स्थायी भए, आफु भने अस्थायीको अस्थायी नै रहनुपर्‍यो, उहाँले भन्नुभयो- ‘आफूले त पेन्सनको सुविधा पनि पाइएन ।’

गत साल अवकाश लिने बेलामा नेपाललाई जिल्ला शिक्षा कार्यालय संखुवासभाले ‘शैक्षिक योगी’को उपाधि र प्रमाणपत्र समेत प्रदान गरेको थियो ।

-लाक्पा सांगे शेर्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment