Comments Add Comment

चम्ल्याहा सन्तानका पिता भन्छन्- ‘हामीलाई विपत्ति आइलाग्यो’

ध्रुव भट्टरार्इ 

२१ भदौ, बिराटनगर । समान्यतः नयाँ सन्तान पैदा हुँदा मानिसलाई हर्ष लाग्नु स्वभाविकै हो । तर, एउटा मात्रै सन्तानका लागि हात थापेका बेला भगवानले एकैपटक तीन छोरा र एक छोरी थमाइदिएपछि आमाबुबालाई कस्तो लाग्छ होला ? बिराटनगरमा एकैपटक चार सन्तानका पिता बनेका धनश्याम भट्टराईलाई अनलाइनखबरले तपाईलाई यतिबेला कस्तो महसुस भइरहेको छ भनेर सोध्दा उहाँले आफूमाथि विपती आइलागेको बताउँदै सहयोग गरिदिन राज्यसँग आग्रह गर्नुभएको छ ।ghanashyam-and-his-wife

आफ्नो गच्छे अनुसार एउटा सन्तान मात्रै पाल्न सक्ने आँकलन गरेका झापा धुलावारीका धनश्याम र दीपा भट्राई दम्पतीको जीवनमा एक साथ खुसी र विपती मिसिएर आएको छ । उनीहरुले चार सन्तानको आवश्यकता महसुस नगरे पनि विधाताबाट एकैचोटि धेरै सन्तानहरु हात थाप्न बाध्य हुनुपरेको छ ।झापा धुलावारी-२ घर भएकी दीपा भट्राईले चार सन्तानलाई एकैपल्ट जन्म दिनुभएको हो । २६ वर्षीया दीपाले विहीबार अपरान्ह बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा एक छोरी र तीन छोरासहित चार सन्तानलाई जन्म दिनुभएको हो । दिउँसो २ बजेर ३६ मिनेटदेखि ३९ मिनेटसम्मको अवधिमा दीपाले २८ हप्ताका चार सन्तानलाई जन्म दिएपछि यो घटनालाई धेरैले आश्चर्यका रुपमा लिएका छन् । पहिले जन्मिएका तीन छोरा क्रमश १ किलो २ सय ग्राम, एक किलो र १ किलो २ सय ग्राम तौलका छन् भने अन्तिम छोरी ८ सय ग्रामकी रहेको अस्पतालले जनाएको छ ।

विपत्ति आइलाग्यो : घनश्याम

‘बच्चा पाएपछि खुसी त लागेकै छ तर एकैचोटि यतिका बच्चा स्याहार्न समस्या हुँदा विपत्ति आएको महसुस भएको छ,-बुबा घनश्याम भट्राईले भन्नुभयो । उहाँले अहिलेको अवस्थामा एक सन्तानको चाहना सबै आमाबुबामा हुने भन्दै यसरी अपत्यारिलो अवस्थामा बच्चा पैदा भएपछि आफु समस्या परेको बताउनुभयो ।’सामान्यरुपमा मानिसको एक पटकमा एउटा मात्र वच्चाको चाहना हुन्छ, तर हामीले एकैपटकमा यतिका वच्चाहरु पाएका छौं यसमा खुसी पनि लागेकै छ ।’ भट्राईले भन्नुभयो ।’मेरो घर परिवारको आय स्रोत सामान्य छ, महंगीले गर्दा कसरी लालन-पालन गर्ने हो, सोच्नै सकेको छैन ।’-नोबेल मेडिकल कलेजको वार्डमा श्रीमती सुत्केरी गराउन झापाबाट आएका ३३ वर्षीय भट्राईले अनलाइनखबरसँग भन्नुभयो ।ghanashyam

आफुमाथि प्रकृति विपति परेको भन्दै भट्राईले सरकारले वच्चाको लालन-पालन र स्वास्थ्य उपचार एवं शिक्षा दिक्षाको समेत प्रवन्ध मिलाइदिन आग्रह गर्नुभयो । ‘म सरकारसँग अपील गर्छु, हामीमाथि विपत्ती आइपरेको छ, मेरो सामान्य जागिरले यतिका वच्चाको लानन-पालन गर्ने हैसियत छैन ।’नोबेल मेडिकल कलेकल कलेजले भने पहिलोपल्ट आफ्नो अस्पतालमा चम्ल्याहा वच्चा पैदा भएको भन्दै अस्पताल व्यावस्थपनले आवश्यक सहयोग गर्ने बताएको छ । ‘हामी भट्राई दम्पतीका यी चार सन्तानका लागि के कति सहयोग गर्न सक्छौं भन्ने बारेमा छलफलमा छौं, पक्कै पनि हाम्रो तर्फवाट उहाँरुलाई सहयोग गर्नेछौं ।’- अस्पतालका प्रसाशकीय अधिकृत नारायण दाहालले अनलाइनखबरसँग भन्नुभयो ।

बच्चाहरु एक महिना अस्पतालमै रहने

नवजात चारैजना शिशुहरुलाई उनीहरु सवैलाई अहिले एनआईसियुमा अक्सिजन दिएर राखिएको छ । उनीहरु र आमा पाँचैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डा दीक्षा प्रसाईर्ले जानकारी दिनुभएको छ ।सामान्यतः ४० हप्तामा वच्चा पैदा हुने गर्छ । तर, उनीहरु २८ हप्ता अथाएत सात महिनामै पैदा भएकाले श्वास-प्रश्वासमा भने सामान्य समस्या देखिएको डा. प्रसाईले भन्नुभयो । महिना नपुगी वच्चा पैदा भएकाले उनीहरुको फोक्सो पूर्णरुपमा विकशित नभइसकेको चिकित्सको भनाइ छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरुलाई कम्तिमा एक महिना एनआईसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । अस्पतालका अनुसार तीन महिनाअघि पनि सोही अस्पतालमा त्यस्तै अवस्थाको ८ सय ग्रामको एक नवजात शिशुलाई एक महिनासम्म चिकित्सको निगरानीमा राखी सकुशल घर फर्काइएको थियो ।’महिना नै नपुगी बच्चा पैदा हुँदा संक्रमण हुने लगायतका समस्या धेरै आउने गर्दछन् तर पनि जोखिमलाई पार गर्न सकिन्छ ।’ डा. प्रसाईले भन्नुभयो । अस्पतालको वार्डमा रहेकी सुत्केरी दीपाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment