Comments Add Comment

नबिलले नगद ४० र बोनस २५ प्रतिशत दिने

२१ भदौ, काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद र २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

 nabil bank

बैंक सञ्चालक समितिको ३७५ औं बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारणसभामा पेश गरिनेछ ।

नबिलले प्रतिसेयर ९१ रुपैयाँ हुने गरी गत आवमा २ अर्ब २३ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

नबिलले ९१ रुपैयाँ नाफा गरे पनि २६ रुपैयाँ जगेडामा राख्ने निर्णय गरेको छ । नबिलको सेयर मूल्य १८२० रुपैयाँको हाराहारी रहेको छ । नगद र बोनस गरी नबिलले ६५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बोनसपछिको सेयरलाई समायोजन गरी नगदमा रुपान्तरण गर्दा वास्तविक प्रतिफल झण्डै एक कित्ताबराबर ३७७ रुपैयाँ हुन्छ ।

बैंकले कारोबार विस्तार गर्नको लागि पुँजी आधार बढाउने निर्णय गरेको हो । गत असार मसान्तसम्म बैंकले ४७ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह भएको जनाएको छ । गत सो मितिमा बैंकको पुँजीकोष पर्याप्तता अनुपात १३.१७ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment