Comments Add Comment

तमलोपा नेपालका उपाध्यक्ष संघीय सदभावनामा प्रवेश

२१ भदौ, काठमाण्डौ । महेन्द्र यादवले नेतृत्व गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ब्रज किशोर सिंह संघीय सदभावना पार्टीमा प्रवेश गर्नु भएको छ । सिंहसहित पार्टीको पुरै रौतहत जिल्ला कार्यसमितिका पदाधिकारीहरु अनिल झाले नेतृत्व गरेको संघीय सदभावना पार्टीमा प्रवेश गरेका हुन् ।as

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा सिंहसहित पार्टीका रौतहट जिल्ला अध्यक्ष हरिनारायण सहन, सचिव दिपेन्द्र कुमार सिह, कोषाध्यक्ष रमाकान्त चौरसीया, सदस्यहरु रामप्रताप सिंह दिलिपकुमार सिंह, डा उमेशकुमार अधिकारी, विनोदकुमार सिंह, फोरम लोकतान्त्रिकका रौतहट नेता पवनकुमार सिंह र अमर यादव नेतृत्वका तराई मधेस फोरमका नेता र कार्यकर्ताहरु औपचारिक रुपमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले अविर र माला लगाएर सदस्यता सहित स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा संघीय सदभावना पार्टीका अध्यक्ष झाले मधेसवादी दलहरुवीच एउटै झण्डा र एउटै उमेदवार बनाउने गरी मोर्चा बन्दी गराउन आफू लागिपरेको भन्दै त्यस्तो अवस्थामा आफ्नो पार्टी निसर्त जसको पनि नेतृत्व स्विकार्न तयार रहेको बताउनु भयो ।

त्यस्तो एकता हुन नसके तराईका १ सय निर्वाचन क्षेत्रमा उमेदवारी दिने गरी पार्टीले तयारी गरिरहेको जानकारी दिदै पार्टीले निर्वाचनमा समग्र मधेस एक प्रदेशको नारा लिएर जाने स्पष्ट पार्नु भयो ।  तमलोप नेपालका उपाध्यक्ष ब्रज किशोर सिंहले आफू नेपाली काँग्रेसबाट दुई-दुई पटकसम्म संसदमा निर्वाचित भएको ब्यक्ति भए पनि समानताकोलागि मधेसबादी दलमा प्रवेश गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment