Comments Add Comment

जनतामा झुट र भ्रम बाँडेर चुनाव जितिँदैन : कोइराला

२१ भदौ, नेपालगन्ज । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मुलुक अब निर्वाचनमय भएकाले कसैले चाहँदैमा चुनाव नरोकिने वताउनु भएको छ । शुक्रवार बाँकेस्थित आफ्नै निवासमा पत्रकारहरुसंग कुराकानी गर्दै कोइरालाले भन्नुभयो- “निर्वाचनको विपक्षमा उभिएका दलका नेतालाई सहमतिमा ल्याउने प्रयास अन्तिम समयसम्म हुन्छ, यदि उहाँहरु सहमतिमा आउनुभएन भने पनि अब निर्वाचन रोकिँदैन ।”sushil koirala

कोइरालाको भनाइ थियो, “अन्तर्राष्ट्रिय समुदायसमेत निर्वाचनमा सहयोग गर्न तत्पर रहेको अवस्थामा कसैले अराजनीतिक तथा अलोकतान्त्रिक माग प्रस्तुत गरेर निर्वाचनको विपक्षमा आफूलाई उभ्याउँछ भने नेपाली जनताले नै उनीहरुको बहिष्कार गर्छन् ।” नेपाली जनता अहिले धेरै सचेत भइसकेको र तिनले दलको भूमिकालाई राम्रोसँग मूल्याङ्कन गरेको हुँदा झुट र भ्रम बाँडेर कुनै दलले पनि चुनाव जित्न नसक्ने उहाँको ठम्याइ छ । “तपाईँलाई बाँके जिल्लाको क्षेत्र नं १ र ३ बाट निर्वाचन लड्न क्षेत्रीय समिति बैठकले सिफारिस गरेको छ, कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ” भनी सोधिएको प्रश्नमा सभापति कोइरालाको जवाफ थियो-‘अन्य धेरै जिल्लाका साथीले पनि चुनावमा उठ्न अनुरोध गरेका छन्, कहाँबाट उठ्छु मैले अहिले निर्णय गरिसकेको छैन ।”

पार्टीमा त्याग, सङ्घर्ष गरेका तथा सक्रिय कार्यकर्तालाई मात्र प्रत्यक्ष तथा समानुपातिक स्थान दिइने स्पष्ट पार्दै उहाँले नेताको पछि पछि मात्र लाग्ने, अरु बेला पैसा कमाउन अन्य व्यवसाय गर्ने तर चुनाव आयो भने टिकटका लागि ढोका चाहार्नेलाई कुनै पनि हालतमा टिकट दिइने छैन भन्नुभयो । “टिकट नपाएर विद्रोह गर्ने, अन्तर्घात गर्ने र विपक्षमा उभिने कार्यकर्तालाई पार्टीको विधानअनुसार तत्काल कारबाही हुन्छ”, सभापति कोइरालाको चेतावनी थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment