Comments Add Comment

दृष्टिका सम्पादक श्रेष्ठलाई आक्रमणको धम्की

२१ भदौ, काठमाडौं । समाचारको विषयलाई लिएर दृष्टि साप्ताहिकका सम्पादक शम्भू श्रेष्ठमाथि भएको आक्रमण धम्की आएको छ । ‘गुण्डागर्दीको हव बन्दै चितवन’ भन्ने समाचारका बिषयमा सोधखोज गर्दै श्रेष्ठलाई टेलिफोन मार्फत ज्यान मार्ने धम्की आएको प्रेस चौतारी नेपालले जनाएको छ । श्रेष्ठ प्रेच चौतारीको सल्लाहकार समेत हुनुहुन्छ ।

ज्यान मार्ने र कार्यालय नै ध्वस्त पार्नेसम्मको धम्की दिएका कारण सम्पादक श्रेष्ठ असुरक्षित भएको भन्दै चौतारीले धम्की दिनेमाति कारवाही गर्न र श्रमजीवी पत्रकारलाई स्वतन्त्रता पूर्वक लेख्ने र बाच्ने अधिकार दिलाउन माग गरेको छ ।

‘बिभिन्न नम्वरका मोवाईल प्रयोग गरेर श्रेष्ठलाई धम्की दिनु स्वतन्त्रतापूर्बक बाच्न पाउने अधिकारको हनन पनि हो । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने तथा कानुनी उपचार गर्ने उपाय हुँदाहँदै श्रमजीवी पत्रकारलाई ज्यान मार्ने धम्की दिनु अत्यन्त निन्दनीय कार्य हो-विज्ञप्तिमा भनिएको छ-‘यस्ता कार्यले स्वतन्त्र पत्रकारितालाई नै असुरक्षित तुल्याएको प्रेस चौतारी नेपालको ठहर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment