२१ भदौ, काठमाडौं । हिमालयन बैंकको रकम ठगीमा अदालतबाट दोषी ठहर भएका उद्ववप्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला रामकोट ३ का दाहाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले रामकोटबाटै पक्राउ गरी अदालत पेश गरेको हो ।
दाहाललाई पाटन पुनरावेदन अदालतले २०६८ माघमा बीस लाख जरिवाना र १ वर्ष कैद ठहर गरेको थियो ।
हिमालयन बैंक पाटन शाखाका सुपरभाइजर पुरुषत्तोम दाहालमार्फत सन् २००५ मा निजहरुको हक नपुग्ने उक्त बैंकको अन्तर बैंक कारोबार खाताबाट बैंकलाई धोका दिई निकालेको ५ करोड ५१ लाख ८ हजार हिनामिना गरी मर्स्यौट ठगी गरेका थिए । उक्त मुद्दाका प्रतिवादीमध्ये पुरुषत्तोम दाहाल र लक्ष्मी कुमारी राय क्षेत्रीलाई यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरिसकेको छ ।