Comments Add Comment

उमेद्वारलाई ठोक्ने वैद्य माओवादीको खुलेआम घोषणा (भिडियोसहित)

 भरतबन्धु थापा

२१ भदौ, भक्तपुर । निर्वाचन बहिस्कारको आहृवान गर्दै नेकपा-माओवादीले शुक्रबार भक्तपुरमा गरेको मार्चपासमा उमेद्वारहरुलाई ए के-४७ ले गोली ठोक्ने हिंसात्मक नारा लगाएका छन् । रातो टिसर्ट र टोपी लगाएका तथा हातमा हँसिया हथौडा अंकित झण्डा बोकेका राष्ट्रिय युवा जनस्वयंमसेवकका कार्यकर्ताले यस्तो उछृंखल नाराबाजी गरेका हुन् । यसबारे जिज्ञासा राख्दा केन्द्रीय नेताले समेत अनलाइनखबरसँग भने, ‘ठोक्ने नै भन्ने छ, हेर्नका लागि केही समय कुर्नैपर्छ ।’

mao-march-pass

उनीहरुले ‘चुनाव कुनै पनि हालतमा गर्न दिँदैनौं, यसका लागि मार्न मर्न तयार छौं, ‘ए के ४७ बोकिन्छ, उम्मेदवारलाई ठोकिन्छ’ जस्ता हिंसात्मक नारा लगाएका थिए । माओवादीका केन्द्रीय नेता हितमान शाक्य र देवेन्द्र श्रेष्ठको नेतृत्वमा भक्तपुरको सानो थिमीस्थित शंखधर खाख्वा चोकबाट सुरु भएको मार्चपास सूर्यमढीमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा हितमान शाक्य प्रमुख अतिथि हुनुहुन्थ्यो ।

मार्चपासमा लगाएको नाराबारे जिज्ञाशा राख्दा माओवादी केन्द्रीय सदस्य श्रेष्ठले भन्नुभयो-‘यो समान्य कुरा हो । हिजो जनयुद्ध लडेर आएको शक्तिलाई बेवास्ता गरेर हिँड्न खोजेपछि युवाहरुमा आएको आक्रोश हो ।’ तपाईहरुले निर्धारण गरेको भन्दा बाहिरको नारा हो कि ? भन्ने अनलाइनखबरको प्रश्नमा श्रेष्ठले भन्नुभयो- ‘ठोक्ने भन्ने नै छ । अहिले युवाहरुले ठोक्ने भनेर नारा लगाए । ठोक्ने नठोक्ने हेर्न भने केही समय कुर्नैपर्छ ।’

पछिल्ला दिनहरुमा माओवादीभित्र अध्यक्ष मोहन बैद्य किरणसहितको नेतृत्व चुनावको पक्षमा देखिए पनि सचिव नेत्रविक्रम चन्द विप्लवको अगुवाइमा देशका विभिन्न स्थानमा मार्चपास भइरहेको छ । विप्लवलाई पूर्वसहायक डिभिजन कमाण्डर उदयबहादुर चलाउने अध्यक्ष रहेको राष्ट्रिय युवा जनस्वयंमसेवकले साथ दिएको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment