Comments Add Comment

खनाल र ओली मध्ये एकलाई नसमातेपछि तुहियो डीसीको सभासद् योजना

नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्न दौडधुप गरिरहेका निर्देशक समाजका अध्यक्ष दिनेश डीसी अहिले अमेरिकामा छन् । एमाले अध्यक्ष झलनाथ खनाल र अर्का प्रभावशाली नेता केपी ओली पक्षसँग नजिक भएका डीसी एक खेमामा नगएपछि सभासद हुनबाट तत्कालका लागि बाहिरिएको वुझिएको छ । उनलाई एक प्यानलको समर्थनको लागि घुमाउरो प्रस्ताव आएपनि दुबै प्यानलसँग समानान्तर तरिकाले अगाडी बढ्न खोजेपछि पार्टीले टिकट नदिने छनक देखाएको हो । केही समय अघि सम्म आफ्नै गृह जिल्ला इलामा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा लागेका डीसी अहिले टिकट नपाउने वुझेपछि अमेरिका हानिएका छन् ।

dinesh-dc-with-uml-commando

उनलाई एकिकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझी, नेकपा माओवादी नेतृ पम्फा भुषाल, काँग्रेसका युवा नेता गगन थापाले मंसिर ४ मा चुनाव नहुने भएकाले टिकटको चक्करमा नलाग्न आग्रह गरेका थिए । तीन नेताको आग्रहलाई स्विकार गर्दै डीसी अमेरिका हानिएको वुझिएको छ ।

उनले माओवादी र काँग्रेसका नेताहरुको आग्रह मानेको कुरालाई भने अस्विकार गरेका छन् । तर पार्टीकै विभिन्न कारणले आफू सिफारिश नभएको कुरालाई भने उनले स्विकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment