Comments Add Comment

चेलीबेटी बेचबिखनको कथामा ढुक्क ‘ढुवानी’ यूनिट

यसअघि ‘बरदान’ र ‘प्लान’ निर्माण गरेकी निर्मात्री कविता श्रेष्ठ आफ्नो तेश्रो चलचित्र ‘ढुवानी’बाट खुबै आशावादी छिन् । चलचित्रको प्रोमो र बिषयवस्तुको चर्चा बजारमा भएपछि उनले ‘ढुवानी’बाट आफू निक्कै आशावादी रहेको बताएकी हुन् ।चलचित्रले नेपालबाट हुने गरेको चेलीबेटी बेचबिखनको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ ।

duwani-dobbing-2मञ्जिल श्रेष्ठको लगानी रहेको यो चलचित्रलाई पिताम्बर पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा धिरेनजंग थापा, सुगन शाही, अर्चना देलाला, किशोर खतिवडा लगायतका कलाकारको अभिनय छ । चलचित्रको एक आइटम गीतले चर्चा पाइसकेको छ । चलचित्रलाई माइती नेपालले च्यारेटीको जिम्मा पनि लिइसकेको छ ।

यसैबिच चलचित्र ‘ढुवानी’ यूनिटले शनिबार बिहान काठमाण्डौको भृकुटीमण्डपबाट धुलिखेल सम्म कार र्‍यालीको आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment