Comments Add Comment

जोक शास्त्र विमोचन

२२ भदौ, काठमाण्डौं । हास्य कलाकार मनोज गजुरेलद्वारा लिखित ‘जोक शास्त्र’ हास्यव्यङ्ग्य सङ्ग्रह शुक्रबार सार्वजनिक भएको छ ।

अर्थशास्त्री एवम् राष्ट्र बैङ्कका गर्भनर डा युवराज खतिवडा, भाषाशास्त्री प्राडा मोहनराज शर्मा, कलाकार मदनकृष्ण श्रेष्ठ/हरिवंश आचार्य, समाजशास्त्री एवम् विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष गणेशमान गुरुङ, चिकित्साशास्त्री डा सरोज धिताल, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र योगशास्त्री आचार्य श्री ओशो मैत्रेयले संयुक्तरूपमा उक्त सङ्ग्रह सार्वजनिकीकरण गर्नुभएको हो ।

सो अवसरमा गर्भनर खतिवडाले व्यङ्ग्यकार गजुरेलले मुलुकको सुशासन र भ्रष्टाचारका कुरालाई सिलसिलेवार ढङ्गबाट व्यङ्ग्यात्मकरूपमा प्रस्तुत गरेर नागरिक समाजका सबैलाई जागृत तुल्याउने तथा भ्रष्टाचारका विरुद्धमा उभिन र सुशासन कायम गराउन भूमिका खेलेको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान, सिस्नुपानी नेपाल र विवेक सिर्जनशील प्रकाशन प्रालिद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले व्यङ्गमार्फत समाजलाई सही बाटोमा हिँडाउनका लागि कलाकार गजुरेलको विचारले ऊर्जा थपेको छ भन्नुभयो ।

कार्यक्रममा हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, प्राडा मोहनराज शर्मा, डा गणेशमान गुरुङ, डा सरोज धिताल, श्याम श्रेष्ठलगायतले हास्यव्यङ्गमार्फत कलाकार गजुरेलले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउनमा समेत ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।

पुस्तकका लेखक गजुरेलले ‘जोक शास्त्र’ आफ्नो चौथो कृति भएको बताउँदै जोक न कुनै शास्त्र हो, न कुनै सिद्धान्त यो मनोरञ्जनको एउटा पातो मात्र भएको उल्लेख गर्दै मान्छेलाई हँसाने र हास्ने बाटो मात्र हो भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment