Comments Add Comment

मेघौलीमा खुल्यो ‘बाराही जंगल लज’

२३ भदौ, काठमाडौं । चितवनको पर्यटकीय स्थल मेघौलीमा अत्याधुनिक सुविधा सम्पन्न बाराही जंगल लज संचालनमा आएको छ । प्राकृतिक तथा स्थानिय सामानहरु प्रयोग गरि आधुनिक डिजाइनमा तयार पारिएको लज वातावरणमैत्री रहेको छ । होटल बाराही पोखराले संचालनमा ल्याएको लज २० विगाहा क्षेत्रफलमा फैलिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बाराही जंगल लजमा २५ करोड रुपैयाँ लगानी गरिएको लजका बजार प्रबन्धक योगेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार लजमा ३४ वटा सुविधा सम्पन्न डिलक्स रुमहरु रहेका छन भने एउटा सुइट फेमली कोठा पनि रहेको छ । लजले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरि ‘वान नाइट टु डेज स्टे’ प्याकेज समेत बनाएको छ ।

Surrunding-View-with-Swimmi

विदेशी पर्यटकहरुको जोडीले डिलक्स रुममा वान नाईट टु डेजको प्याकेज लिँदा ३५० अमेरिकी डलर प्लस ट्याक्स तिनुपर्ने छ भने सुइट रुम लिँदा १ हजार डलर प्लस ट्याक्स तिर्नुपर्ने छ । त्यस्तै, स्वदेशी पर्यटकहरुको जोडीले डिलक्स रुममा वान नाईट टु डेज प्याकेज लिँदा १५ हजार रुपैयाँ प्लस ट्याक्स र सुइट रुमको प्याकेज लिँदा ४० हजार रुपैयाँ प्लस ट्याक्स तिर्नुपर्ने बजार प्रबन्धक थापाले जानकारी दिनुभयो । माथिका प्याकेज लज उद्घाटनको अवसर पारि ल्याइएको बताउँदै थापाले २०१४ पछि प्याकेज रकममा वृद्धि गरिने जानकारी दिनुभयो ।

प्याकेजमा आउने पर्यटकहरुलाई लजले २ घण्टा हात्ती सफारी, डेढ घण्टा डुङ्गा सफारी, जंगल वाक, भिलेज वाक, वाइल्ड लाइफ सम्बन्धी जानकारी, एक घण्टा थारु कल्चर डान्स देखाउने, खाने बस्ने लगायतका सम्पूर्ण सुविधाहरु उपलब्ध गराउने जनाएको छ । लजमा ठूलो स्वीमिङ पुल भएका कारण पर्यटकहरुले स्वीमिङको समेत मज्जा लिन सक्नेछन् ।

property-display

जंगल सफारी गर्न चाहाने विदेशीहरु र विदेशमा होली डे मनाउन जाने नेपालीहरुलाई लक्षित गरि लज सञ्चालनमा ल्याइएको बजार प्रबन्धक थापाले बताउनुभयो ।

लजमा स्पा, डि पुल, स्विमिङ पुल, सेमिनार हल लगाएतका सुविधाहरु रहेका छन् । कोठाहरुमा एसी, केवल टेलिभिजन, आधुनिक प्राइभेट बाथरुम रहेको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो । लजको सबैभन्दा अकर्षक पक्ष कोठाबाटै राप्ति नदि तथा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्न सकिन्छ । चितवनको समग्र पर्यटन निकुञ्जमा अडिएको छ ।

‘हामीले पर्यटकहरुलाई हात्ती सफारी, जलयात्रा, पैदल यात्रा, भिलेज टुर गराउनुका साथै स्थानिय संस्कृतीका बारेमा जानकारी दिन्छौं’ थापाले भन्नुभयो- ‘पर्यटकलाई पारिवारीक वातावरणमा राख्नु नै हाम्रो मूख्य लक्ष्य हुनेछ ।’ बाराही जंगल लज भरतपुर एरपोर्टबाट करिब ३२ किलोमिटर पश्चिममा पर्दछ ।

Property-View-with-Swimming

Resturant

Slide-show-presentation-abo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment