Comments Add Comment

राष्ट्रिय गजल महोत्सवमा १९ कृति सार्वजनिक

२३ भदौ, काठमाडौँ । एक सय ८४औं मोतीराम भट्ट जयन्तीका अवसरमा ‘अनाम मण्डली’ संस्थाले राष्ट्रिय नाचघरमा ‘राष्ट्रिय गजल महोत्वस २०७०’ को आयोजना गर्‍यो ।

महोत्सवका अवसरमा ‘मोतीराम-सेतुराम गजल पुरस्कार’ सङ्गीततर्फ महेश खड्का र लेखनतर्फ कपिल अञ्जानलाई प्रदान गरियो । पुरस्कारको राशि जनही पाँच हजार रुपैयाँ रहेको छ । नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङ र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले ती पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा गजलसम्बन्धी १९ वटा पुस्तक र एक एल्बमको विमोचन गरिनुका साथै गजल गायन प्रतियोगिता र प्रतिनिधि गजल वाचन गरिएको थियो । यस्तै यस विधामा योगदान गरेवापत वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेललाई सम्मानित गरियो ।

महोत्सवका अवसरमा आज बिहान जमलबाट पञ्चेबाजासहित सहरका विभिन्न भागमा प्रभातफेरी र नगरपरिक्रमा कार्यक्रम आयोजना गरिएको थियो । यही भदौ १ गतेदेखि सुरू भएको महोत्सव यही २९ गते सम्पन्न हुँदैछ । युवा गजलकारहरूको संस्था ‘अनाम मण्डली’ ले नियमित गजल वाचन, प्रकाशन र प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दैआएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment