Comments Add Comment

एप्पलको ‘सस्तो’ आइफोनको मूल्य आधा लाख बढी

एप्पलले आफ्नो ‘सस्तो’ मोबाइल ल्याएको छ । मंगलबार सार्वजनिक गरेको सस्तो भनिएको आइफोनको मूल्य भने आम नेपाली उपभोक्ताले अपेक्षा गरेजस्तो सस्तो छैन । महंगो भएको भएका कारण घट्दो ब्यापार र कोरियाली कम्पनी सामसुङको बढ्दो लोकप्रियतापछि एप्पलले सस्तो सेट ल्याउने बताइको थियो ।

एप्पलले आइफोन ५ एस र आईफोन ५ सी नामको दुई हृयाण्डसेट लन्च गरेको हो ।

apple

सस्तो मोडल भनेर प्रचार गरिएको आइफोन ५ सी सस्तो छैन । यसमा सबैभन्दा सस्तो मोडल अर्थात १ जीबी को ५ सय ४९ डलर पर्छ । अर्थात अहिलेको डलरको बजार भाउ अनुसार झण्डै ५८ हजार पर्छ । अमेरिकामा २ वर्ष कन्ट्रयाक्टमा लिँदा मात्र यसको ९९ डलर पर्नेछ, जसको सिम लक हुन्छ र निश्चित अवधिसम्म तोकिएको रकम तिर्नुपर्छ ।

३२ जीबीको ६ सय ४९ डलर अर्थात झण्डै ६८ हजार पर्छ ।

आइफोन फाइभ एस १६ जीबीको ६ सय ४९, ३२ जीबीको ७ सय ४९ र ६४ जीबीको ८ सय ४९ डलर तोकिएको छ ।

आइफोन ५ एसको मूख्य बटममा फिंगरपि्रन्ट सेन्सर छ, जसले प्रयोगकर्तालाई चिन्नेछ । ५ सीको पृष्ठ भागमा विभिन्न रंगको प्लास्टिक कभर छ भने ४ इन्चको स्क्रीन छ । यस्तै ८ मेगापिक्सलको क्यामरा छ । फाइभ एस आएपछि एप्पलले आइफोन ५ भने बेच्नेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment