Comments Add Comment

प्राकृतिक वातावरणमा रमाउन ‘रोयल पार्क होटल’

२८ भदौ, चितवन (सौराहा) । चितवनको सौराहामा झण्डै २० वर्ष अगाडी संचालनमा आएको रोयल पार्क होटल विदेशी पर्यटकमैत्री रहेको छ । होटलमा प्रवेश गर्दा नेपाली गाउँघरको झझल्को आउँछ । पर्यटकहरुलाई नेपालको गाउँमा गएर बसेजस्तो भान हुने गरी रोयल पार्कमा छुट्टा-छुट्टै कटेजहरु निर्माण गरिएको छ ।

Royal-Park-Hotel-6

रोयल पार्क होटलको मूख्य विशेषता भनेकै ठूलो एरियामा आकर्षक ८ वटा कटेज हुनु हो । आठवटा कटेजमा ४ वटाको दरले ४२ वटा रुमहरु रहेको होटलका सञ्चालक त्रिलोक चित्राकारले बताउनुभयो । पर्यटकलाई प्राकृतिक वातावरणमा रमाउन दिनका लागि होटललाई सकेसम्म प्राकृतिक नै बनाउन खोजिएको उहाँले बताउनुभयो । नेपालीहरु कृतिम गार्डेन खोज्छन भने विदेशीहरु प्राकृतिक रुपमा बनेका गार्डेनमा रमाउन खोज्छन, उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।

‘मैले होटलमा गार्डेनिङ समेत कृतिम रुपबाट बनाएको छैन’ चित्रकारले भन्नुभयो- ‘होटलमा प्रवेश गर्दा पर्यटकहरुलाई जंगलभित्र रहेका घरमा पुगेजस्तो भान हुन्छ ।’ व्यवसायीहरु ५ तलाको घर बनाएर हेरिटेज रिसोर्ट भनेर नामाकरण गर्छन, तर हाम्रो होटल वास्तवमै हेरिटेजजस्तो देखिन्छ, उहाँले दाबि गर्नुभयो । उहाँका अनुसार रोयल पार्क होटलमा आउने पर्यटक निकै रमाउने गर्छन् ।

Royal-Park-Hotel-7

होटल परिसरमा पर्यटकहरुलाई बस्नका लागि छुट्टा-छुट्टै साना कटेहरु पनि निर्माण गरिएको छ । रुमहरु भएको कटेजमा नेपाली कलाको प्रयो गरिएको छ । एट्याच वाथरुम सहितका ठूला-ठूला रुमहरु होटलमा रहेका छन् । कटेजमा काठको भर्‍याङ बनाइएको छ । पर्यटकहरुलाई होटलमा प्रशस्त भुल्ने ठाउँ निर्माण गरिदिएर रुमहरुमा टिभी नराखिदिएको चित्रकारले बताउनुभयो ।

होटलले सहकारीमार्फत पर्यटकहरुलाई हात्तीबाट जंगल सफारी गराउने गर्छ । सौराहाको केन्द्रबिन्दुमा रहेको रोयल पार्कले वाइल्डलाइफ सम्बन्धी सम्पूर्ण सेवाहरु पर्यटकलाई उपलब्ध गराउने गरेको बतायो । २०५२ सालमा घनश्याम श्रेष्ठसँग पार्टनरीमा होटल खोल्नुभएका चित्रकारले भन्नुभयो- ‘घनश्याम जीले काठमाडौंमा सम्हाल्नुहुन्छ, मैले यहाँ सम्हाल्छु ।’ त्यतिबेला २ करोड लगानीमा १२ वटा रुमबाट होटल सुरु गरिएको थियो ।

पर्यटकीय सिजन शुरु भएसँगै होटल बुकिङ पनि शुरु भइसकेको चित्रकारले बताउनुभयो । होटलमा नेपालीलाई प्रतिरुम २ हजार प्लस घरभाडा कर प्लस भ्याट जोडर लिने गरिएको छ । विदेशीहरुलाई भने २ नाइट ३ डेजको प्रतिव्यक्ति १६९ डलर लिने गरिएको छ । यो प्याकेजमा आउने नेपालीले प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्कछ ।

Royal-Park-Hotel-5

Royal-Park-Hotel-8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment