Comments Add Comment

ट्वीटर पनि सेयर बजारमा आउने

समाजिक सञ्जाल ट्वीटर पनि शेयर बजारमा आउने भएको छ । शेयर बजारबाट पूँजी जुटाउन अमेरिकी नियमकसमक्ष निवेदन दिइएको उसले बताएको छ । ट्वीटरको आधिकारिक फिडमा ट्वीट गरिएको छ-हामीले गोप्यरुपमा सेक-अमेरिकी विनिमय आयोग)समक्ष आईपीओ योजानाका लागि एस-१ पेश गरेका छौं ।’

twitter-logoसेकमा शेयरलाई सूचिकृत गर्न कम्पनीहरुले र्फम एस-१ भर्नुपर्छ । गत वर्ष फेसबुकको आईपीओले पाएको जोडदार समर्थनपछि ट्वीटर पनि आउने अपेक्षा गरिएको थियो । ट्वीटरको विश्वभर २० करोडभन्दा बढी प्रयोगकर्ता छन् । विज्ञापन सल्लाहकार र्फम ई-मार्केटरका अनुसार निजी लगानीकर्ताहरुले यसको कूल मूल्य १० अर्ब अमेरिकी डलर भन्दा बढी अनुमान गरेका छन् । ट्वीटरमा मंगलबार मोबाइलमा आधारित विज्ञापन विनिमय कम्पनी मोपबको अधिग्रहणको घोषणा गरेको थियो । यो अधिग्रहण ३५ करोड डलरमा भएको थियो । फेसबुक र लिंक्डइन शेयर बजारमा सूचिकृत भइसकेको छ ।- एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment