Comments Add Comment

सम्झौताअनुसार नभएपछि मलेशियाबाट फिर्ता

२८ भदौ, खोटाङ । कम्पनीले सम्झौताअनुसारको काम र तलब नदिएको भन्दै मलेसियाबाट खोटाङका एक व्यक्ति स्वदेश फर्किएका छन् । कार्यरत कम्पनीले सम्झौताअनुसारको काममा नलगाएको र मासिक तलब नदिएको भन्दै खोटाङको नेर्पा-६ का कृष्णप्रसाद रिजाल स्वदेश फर्किएका हुन् ।

सम्झौताअनुसारको मासिक तलब पाउनबाट वञ्चित गराएको र तोकिएभन्दा फरक काममा लगाएका कारण मलेसिया पुुगेको तीन महिनामै काम छाडेर घर फर्किएको बिहीबार काठमाडौँ आइपुगेका रिजालले बताउनुभयो ।

मासिक ९०० रिङ्गेट पाउने सर्तमा काठमाडौँको इन्टरनेसनल मेनपावरमार्फत मलेसियाको टिएसएल एसेम्ब्ली कम्पनीमा पुगेका रिजाललाई कम्पनीले मासिक ६०० रिङ्गेटमात्र दिएको थियो । रिजालले सम्झौताअनुसारको तलब नपाएको, सम्झौता विपरीतको काममा लगाएको र काम गर्ने क्रममा दाहिने हातको बुढीऔँलाको नङ झरेको भन्दै तत्काल उद्धारका लागि आग्रह गर्नुभएको थियो ।

पिपुल्स फोरमको सहयोगमा उद्धार गरिएका रिजालले स्वदेश फर्किएलगत्तै क्षतिपूर्तिका लागि मेनपावरविरुद्ध मुद्दा हाल्ने तयारी गर्नुभएको सूचना केन्द्रका कार्यक्रम संयोजक नवीन्द्र राईले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment