Comments Add Comment

सवारी दुर्घटनामा २ जनाको मृत्यु

३० भदौ, रसुवा । रसुवाको युरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । गत्लाङबाट सोमदाङ जाँदै गरेको बा २ ख २९५६ नम्बरको मिनी ट्रक युरी भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा दुई वृद्ध महिलाको मृत्यु भएको भए पनि उनीहरुको परिचय खुल्न सकेको छैन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उकालो जाँदै गरेको ट्रक भार तान्न नसकी दुर्घटनामा परेको प्रत्यक्षदर्शिले बताएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment