Comments Add Comment

बैद्यसँग चुनाव विथोल्ने हैसियत छैन : प्रचण्ड

गौतम श्रेष्ठ

३० भदौ, रौतहट । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले नेकपा-माओवादीले चुनाव विथोल्न नसक्ने दाबी गर्नुभएको छ । रौतहटको गौरमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नेकपा-माओवादीका नेताहरुले पछिल्लो समयमा दिएका अभिव्यक्तिहरु गलत भएको भन्दै बम र बारुदको धम्की दिएर निर्वाचन विथोल्ने हैसियत बैद्यसँग नभएको बताउनुभयो ।

prachandaसहमतिमा ल्याउन वार्ताको ढोका खुल्ला रहेको भन्दै प्रचण्डले निर्वाचनको विकल्प नभएको र बैद्य सहमतिमा आउनुको पनि विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचन जनताले चाहेका छन र निर्वाचनको लहर देश भरी चलेको छ । जनताको विपक्षमा कोही जानु हुदैन ।”

जस्तोसुकै परिस्थिति आए पनि मंसिर ४ मै निर्वाचन हुनेमा ढुक्क रहन प्रचण्डले आग्रह पनि गर्नुभयो ।

परिवर्तनबाट लाभान्वीत हुने अपेक्षा राखेका मजदुर, किसान, मुश्लीम, मधेसी र आदीवासी जनजाति लगायत सम्पूर्णले पहिचान र अधिकारका लागी दोश्रो संविधान सभाको चुनाव चाहेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment