Comments Add Comment

रेविजले तीनजनाको मृत्यु, जिल्ला अस्पतालमा भ्याक्सिनको अभाव

३० भदौ, जाजरकोट । जाजरकोटमा रेविज लागेको बहुलाहा कुकुरले टोक्दा दुई दिनभित्र तीनजनाको मृत्यु भएको छ ।

शुक्रबारमात्र ढिमे गाविस वडा नं १ का ५५ वर्षका बलबहादुर थापा र उनकी २२ वर्षकीछोरी हरिकला थापाको रेविजका कारण मृत्यु भएको थियो भने आज थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढिमे-५ का ४८ वर्षका रत्नबहादुर रोकाय रहेका छन् ।

रेविजविरुद्धको भ्याक्सिन नलगाउँदा उनीहरूको मृत्यु भएको हो । रेविज लागेको कुकुरले जाजरकोटको ढिमे र जगतिपुर गाविसमा २५ जनाभन्दा बढी स्थानीयवासीलाई टोकेको छ ।

स्थानीय तीनजनाको धामीझाँक्रीलाई देखाउँदा देखाउँदै मृत्यु भयो, ढिमेका केवी मल्लले भन्नुभयो- अहिले बिरामीहरू धामीझाँक्रीलाई छोडेर अस्पताल आएका छन् तर अस्पतालमा भ्याक्सिन नहुँदा रुकुमको चौरजहारी र नेपालगन्ज जानुबाहेक अन्य विकल्प छैन ।

‘जाजरकोट अस्पतालमा क्षेत्रीय कार्यालयले पठाएको भ्याक्सिनको कोटा सकिएको छ, माग गरेर छौँ कहिले आउँछ थाहा छैन, जिल्ला जनस्वस्थ्य कार्यालयका निमित्त प्रमुख धीरजङ शाहले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment