Comments Add Comment

सिंहलीला नेसनल पार्क पर्यटकका लागि खुल्ला

३० भदौ, इलाम । भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ ।

पार्कले तीन महिनाअघि इलामको तम्लिङदेखि पाँचथरको फालोटसम्मको नेसनल पार्कक्षेत्र भित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको थियो । रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउन थालेको स्थानीय दावातेम्वा शेर्पाले बताउनुभयो ।

red-pandaकञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङका लागि भारतलगायत तेस्रो मुलकका सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् ।

दुलर्भ रेडपाण्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरूङ्गीको प्रजनन् र यौन क्रियाकलापको समय भएकोले प्रतिबन्ध लगाइएकोमा अहिले रेडपाण्डाले प्रजनन समय पार गरिसकेको जनाउँदै पर्यटकलाई रेडपाण्डा हेर्न खुल्ला गरिएको पार्कले जनाएको छ ।

पार्क खुल्ला हुनुअगावै पर्यटक आउन थालेपछि उत्तरी क्षेत्रका होटल भरिभराउ हुन थालेका छन् । “पर्यटकको जमघट सुरु भइसकेको छ, शेर्पाले भन्नुभयो, ‘तीन महिनादेखिको सुनसान पर्यटकको चहलपहल बढेको छ ।’ पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघमा, तुम्लिङ, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिर्खभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् ।

कञ्चनजङ्घा, सगरमाथालगायतका हिमशृङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडीबुटी, हिमाली जीवनशैलीको अवलोकन गर्न सकिने सिमावर्ती नेपाली पर्यटकीय क्षेत्रमा विकासको अभावमा पार्कको प्रतिबन्ध खुल्लापछि स्थानीयवासी र पर्यटक खुसी भएका छन् । पार्कले बर्सेनि सोही समयमा पाण्डाको प्रजनन समय भन्दै हिँडडुलमै प्रतिबन्ध लगाउँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment