गणेश खनाल
३० भदौ, अर्घाखाँची । नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले आफूहरुले अघि सारेका माग सम्बोधन भए मंसिर ४ का लागि तोकिएको निर्वाचनमा जान तयार रहेको वताउनु भएको छ ।
जनतालाई अधिकार सम्पन्न गर्ने गरी सहमतिबाटै निकास निकाल्न आफुहरु तयार रहेको बताउँदै चन्दले चार दलले भारतको इशारामा आफुहरुलाई वाइपास गर्न खोजे त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभयो । रिपोर्टर्स क्लव अर्घाखाँची शाखाले आइतवार आयोजना गरेको साक्षात्कारमा चन्दले निर्वाचनमा सहभागी भए एमाओवादीसंग चुनावी तालमेल हुन सक्ने वताउनुभयो ।
उहाँले दलहरुवीच सकारात्मक कुराकानी भएको भएपनि भारतीय एजेन्टले सहमतिमा अबरोध पुर्याइरहेको आरोप लगाउनु भयो । चन्दे प्रमुख चार राजनीतिक दल भारतको इशारामा चलेकाले सहमति नभएको बताउनुभयो । चीनले जस्तै भारतले पनि सकारात्मक सहयोग गर्नुको साटो हस्तक्षेपकारी भुमिका खेल्दै आएको चन्दले दावी गर्नु भयो ।