Comments Add Comment

बुद्ध जन्मस्थल २ हजार वर्ष पहिल्यै टुंगिएको हो : भारतीय दूतावास

३० भदौ, काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भगवान गौतम बुद्धको जन्मस्थल कहाँ हो भन्ने विषय २ हजार वर्ष पहिले नै टुंगो लागिसकेको बताएको छ ।बुद्धको जन्मस्थलबारे विवादास्पद भनाइहरु आइरहेका बेला भारतीय दूतावासले आफ्नो टि्वटरमा बुद्धको जन्मस्थलबारे २ हजार वर्ष पहिल्यै टुंगो लागिसकेको प्रतिक्रिया दिएको हो । ‘वुद्ध कहाँ जन्मिएका थिए भन्ने प्रश्न २ हजार वर्ष पहिल्यै समाधान भैसकेको थियो ।’India

दूतावासको टि्वटमा भनिएको छ, ‘जतिखेर अशोकले लुम्बिनी, नेपालमा शिलालेखसहित स्तम्भ खडा गरेका थिए ।’नेपाल भारत संयुक्त स्थायी प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा १२ र १३ सेप्टेम्बरमा सम्पन्न भयो । सिंचाइ विभागका महानिर्देशक शिवकुकार शर्मा र भारतीय पक्षबाट शर्मा र भारतका तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका अध्यक्ष विभास कुमारले नेतृत्व गरेका थिए ।

भारतबाट १३ सदस्यीय कमिटीका साथै आमन्त्रित ३ गरी १६ जनाको सहभागिता थियो भने नेपालका तर्फबाट १३ सदस्य एवं आमन्त्रित ७ गरी २० जनाको सहभागिता थियो । ३६ जनाको सहभागितामा काठमाडौंमा दुई दिनसम्म चलेको बैठकमा महाकालीको टनकपुर र पञ्चेश्वर परियोजनादेखि सप्तकोशी उच्चबाँध लगायतका विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment