Comments Add Comment

खलंगाको जंगलमा मोर्टार र थ्री नट थ्री बरामद

३० भदौ, काठमाडौं । जाजरकोटको खलंगास्थित रानीवनमा लुकाइराखेको अत्याधुनिक हतियार मोर्टार र थ्री नट थ्री प्रहरीले बरामद भएको छ ।

खलंगा-८ रानीवनमा जुटको बोरामा हालेर खाल्टोमा पुरिसोखेको अवस्थामा २ इन्च मोर्टार १ थान र ४४ थान थ्री नट थ्री रायफल बराबद भएको हो । ‘विशेष सूचनाका आधारमा हाम्रो टोली गएको थियो’ जाजरकोट प्रहरी प्रमुख चित्रबहादुर सिंहले अनलाइनखबरसँग भन्नुभयो-‘हल्का खोल्टो खनेर बोरालाई पातपतिंगरले पुरेको अवस्थामा हतियार बारामद भएको छ ।’

hatiyar-baramad

उहाँका अनुसार बरामद भएका हतियार द्वन्द्वकालको जस्तो देखिन्छ । राइफलहरु ओसार पसारका लागि सहिजो बनाउन बट निकालिएको अवस्थामा थिए । ‘हेर्दा पुराना जस्ता देखिन्छ’ प्रहरी प्रमुख सिंहले भन्नुभयो-‘ओसर पसारमा सजिलो बनाउन बटहरु निकालिएको छ ।’

बरामद भएको हतियार मध्ये मोर्टार नेपाली सेनासँग मात्र हुन्छ । यसले झण्डै ३ सय मिटरसम्म मार हान्छ । बरामद भएका हतियारहरु जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ ।

तस्वीरः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment