Comments Add Comment

यस्तो छ, चीनको एकमात्र माओकालीन कम्युन

माओत्सेतुङ पीपुल्स रिपब्लिक अफ चाइनाका संस्थापक हुन । उनको निधन सन् १९७६ मा भएको थियो । चीनको एक सानो गाउँ नानझिकुनमा पुग्ने जो कोहीलाई पनि अहिले पनि माओ शारीरिक रुपमा पनि उपस्थिति छ जस्तो लाग्छ । नानझिकुनमा चीनको अन्तिम माओवादी कम्यून अहिले पनि चलिरहेको छ, जस्तो माओकालमा थियो ।

nanjiecun-communeनानझिकुन गाउँमा बर्षामा होस वा सफा मौसममा, हरेक विहान ६:१५ मा चीनको शक्तिशाली नेता रहेका माओवादीको प्रशांसा गरिएको गीत गुन्जिन्छ । यो आवाज सुनाउन सडकको किनारामा लाउडस्पीकर लगाइएको छ ।

यो गाउँमा त्यो गीत बज्छ, जसलाई सुनेर धेरै चिनियाँहरु आफ्नो र पुर्खाको बचपना र गर्विलो इतिहासको याद गर्छन् । ६० वर्ष पहिले यस्ता कम्यूनहरु जताततै थिए, हरेक शहर र गाउँमा । तर,अब यो यहाँ अर्थात मध्य चीनको हेनान प्राप्तमा मात्र छ ।

गाउँका मानिसहरु आगन्तुकहरुको स्वागत गर्न मन पराउँछन । त्यहाँका अभिलेखहरुमा इतिहासहरु कोरिएका छन् । एतिहासिक तस्वीरमा जर्जर कोटेजको तस्वीर छ । त्यसमै एक चित्र छ, जहाँ कसरी गोरुको सट्टा दुई पुरुष हलो तानेर खेत जोत्छन् भन्ने देखिन्छ । सन् १९६० को दशकमा देशमा लागू नियम कडा थियो । जव चिनियाँ गाउँबाट माओवादी कम्यूनहरु १९८० को दशकमा हट्न सुरु भयो र स्थिति बदलियो ।

नानझिकुनको ग्रामिण बस्तीहरु भव्य बस्तीमा बदलिएको छ र गाउँको प्रवेशद्वारमा परम्परागत चिनियाँ प्रवेश द्वार बनाइएको छ । त्यहाँ माओको विशाल प्रतिमा छ । जसमा अन्य कम्युनिष्ट नायकहरु कार्ल माक्र्स, लेनिन, स्टालिनको पोष्टरसमेत छ ।

यो गाउँमा आफ्नो पत्रिका र रेडियो स्टेशन छ । जसमा हरेक विहान बज्ने माओसँग जोडिएका गीतहरु सुनेर मानिसहरु उठ्छन । टीवी स्टेशनमा विभिन्न समारोहका टेपहरु छन् ।

यहाँ १५ वर्ष पहिले जापानी लगानीमा चाउचाउ उद्योग खुलेको थियो । मानिसहरु चाउचाउको स्वाद चाख्न थालेका छन् । यसलाई पेश गर्ने एक महिलाले हालै मात्र गाउँका एक युवासँग विवाह गरेकी छिन् । ली जुएनजुन नामकी युवती कम्यूनकी सदस्य समेत हुन् । गाउँको नजिकैको भीडभाड र आधुनिक शहरी चीनको जीवनशैलीको तुलनामा यो शान्ति जीवन राम्रो भएको बताउँछिन् ।

नानझिकुनमा कुनै कार गुड्दैन । केही इलेक्ट्रोनिक स्कूटर देखिन्छन् । जसको टू-स्ट्रोक इन्जिनलाई हालै परिर्वतन गरिएको छ । केही तीन पाङ्ग्रे ट्रक गुड्छन् । यो गाउँ सफा छ, कुनै व्यवसायिक विज्ञापन देखिँदैन । तर, धेरै माओवादी व्यानर र नाराहरु भने छन् ।

यहाँ तलब निकै कम छ । ३२ डलर महिनाको पारिश्रमिक छ । तर, कम्यून सदस्य बाहेकका भाडाबाललाई अपार्टमेन्ट, सुविधा, खानाको समान उपलब्ध छ र शिक्षा पनि निःशुल्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment