Comments Add Comment

महिमासँग सुशीलले जोशमा होस नपुर्‍याएपछि

नेपाली सिनेमाले गतिलो ब्यापार नगरेपनि चलचित्र बन्ने क्रम भने घटेको छैन । यसैले पनि निर्माता निर्देशकहरु नयाँ नयाँ सिनेमाको शुभमुहुर्त गर्न अग्रसर छन् । काठमाण्डौमा आज एक कार्यक्रमको आयोजना गरी चलचित्र ‘जोश’को मुहुर्त गरिएको छ ।josh teamऋषि न्यौपानेको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रलाई आशुतोष फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्रमा सुशील क्षेत्री, विरेन डीसी, महिमा सिलवाल, दुर्गा सापकोटा, ईशा चौधरी, दिनेश केसी, राज श्रेष्ठ, राकेश नेपाल, मनिषा शर्मा लगायतका कलाकारको अभिनय रहने बताइएको छ । चलचित्रको छायांकन मंसिर ८ गतेबाट सुरु हुने निर्देशक न्यौपानेले जानकारी दिएका छन् ।

चलचित्रमा रामशरण थपलियाको सहनिर्देशन, राकेश रनपालको श्रृङगार, बब्बु थापाको नृत्य, प्रदिप खड्काको द्वन्द्व, अमित श्रेष्ठको संगीत, रवी कोइरालाको छायांकन रहनेछ ।

निर्देशक न्यौपानले सिनेमा पूर्णतया द्वन्द्वप्रधान रहेको बताए ।sushil chetri and isha chaudhary

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment