Comments Add Comment

मेरो ठाँउमा छोरीको हत्यारा सभासद बने : एमाओवादी नेता

१६ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश वलीले जनयुद्धमा आफ्नो छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाहलाई सभासद बनाएको आरोप लगाउनु भएको छ ।

Hemanta-prakash-oliआफ्नो ठाउँमा शाहलाई सभासद बनाएकोमा आक्रोस पोख्दै वलीले तत्काल नसच्याए परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

‘२०४० सालदेखि कम्यूनिष्ट पार्टीमा लागेको हुँ । म जनमुक्ति सेनाको कमिसार भएर काम गरेँ, तीन वर्ष जेल बसेँ, छोरी गुमाए’ मंगलबार रिपोटर्स क्लबमा भएको कार्यक्रममा एमाओवादीका पूर्व पोलिटव्यूरो सदस्य वलीले भन्नुभयो-‘तर, अहिले मेरो ठाँउमा छोरीको हत्या गर्ने रविन्द्र प्रताप शाह सभासद भए ।’ प्रचण्ड निकट मानिने नेता वलीले यस्तै अवस्था रहे प्रचण्डको नेतृत्व क्षमतामा समेत प्रश्न उठ्ने बताउनुभयो ।

पार्टीभित्र त्यागी ईमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउन खोजिएको भन्दै उहाँले अरु पार्टीमा जस्तै एमाओवादीमा पनि प्रदुषणले भरिएको टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment