Comments Add Comment

गैरआवासीय नेपाली संघले कर छुट पाउने

१७ पुस, काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघलाई गैरनाफामूलक सामाजिक संस्थाको हैसियतमा कर छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालय अन्र्तगत आन्तरिक राजश्व कार्यालयले मंगलबार गैरआवासीय नेपाली संघलाई कर छुटको प्रमाणपत्र प्रदान गरेको हो ।

करिव दुई साताअघि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अर्थमन्त्री शंकर कोइरालालाई भेटेर एनआरएन गैरनाफामूलक संस्था भएकाले सोही हैसियतमा कर छुट दिन आग्रह गर्नुभएको थियो । संस्थाको आग्रहलाई स्वीकार्दै नेपाल सरकारले एनआरएनलाई कर छुट दिने निर्णय गरेको हो ।

NRNआन्तरिक राजश्व कार्यालयले संघलाई दिएको प्रमाणपत्रमा संस्थाको आयमध्ये कुनै ब्यक्तिले सो संस्थालाई दिएको चन्दा, उपहार वा प्रतिफलको आश नगरि प्रदान गरिएको रकम वा योगदानहरुमा कर छुट हुने प्राबधान उल्लेख छ ।

एनआरएले पाउने भुक्तानीमा अग्रिम करकट्टी भएको र त्यसमा कर नलाग्ने भए त्यसबापतको रकम आन्तरिक राजश्व कार्यालयसँग फिर्ता माग्न सक्ने पनि सर्तमा उल्लेख गरिएको छ । त्यसबाहेक अन्य कुनै पनि प्रकारको आयमा एनआरएनले कर छुट पाउने छैन् ।

आफ्नो मागमा नेपाल सरकारले देखाएको तदारुकताप्रति अध्यक्ष घलेले खुसी प्रकट गर्नुभयो । ‘कानुनबमोजिम सामाजिक संस्थाले पाउने सुबिधान नै हामीले मागेका हौं, हाम्रो छिटै सुनुवाई भएकोमा हामी खुसी छौं ।’ घलेले भन्नुभयो ।

गैरआवासीय नेपाली अभियान संघ स्थापना भएको १० बर्षपछि नेपाल सरकारले तीन महिनाअघि नेपालमा दर्ता गरेको थियो । छैटौं विश्व सम्मेलनमार्फत् निर्वाचन नयाँ कार्यसमितिले त्यसश्चात संघको भवन बनाउने, वैदेशिक रोजगारीमा गई अलपत्र कामदारका लागि कल्याणकारी स्थापना गर्ने लगायतका काम सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment