Comments Add Comment

इटालियन लगानी र प्रविधि भित्राउन मुरारकाको आग्रह

FNCCI
८ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारका र नेपालका लागि नयाँ दिल्लीस्थित इटलीका राजदुत ड्यानीयल म्यानसिनीवीच आइतबार काठमाडौंमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र इटलीका उद्योग-व्यवसायीवीच सम्बन्ध विस्तार गरेर आपसमा लाभ लिनुपर्नेमा जोड दिइएको थियो ।

भेटमा दुई देशवीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, नेपालमा इटलियन पर्यटक तथा लगानी तथा प्रविधि आकर्षण लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ । इटालियन राजदूत ड्यानियलले निकट भविष्यमा दुई देशवीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ पार्ने उद्देश्यले एक कार्यक्रम आयोजना गर्ने योजनामा रहेको जानकारी गराएका छन् । उक्त कार्यक्रमलाई सफल पार्न उनले महासंघका तर्फबाट सहयोगको अपेक्षा समेत गरेका छन् ।

महासंघका कार्यवाहक अध्यक्ष मुरारकाले नेपालमा इटलियन लगानी भित्राउन आग्रह गर्दै राजदूतबाट प्रस्ताव गरिएको कार्यक्रमलाई सफल पार्न महासंघले सहयोग गर्ने विश्वास दिलाए । उनले उक्त कार्यक्रमबाट आपसी आर्थिक सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास सहित नेपाली निजी क्षेत्र इटलियन निजी क्षेत्रसँग सहकार्य गर्न लालयित रहेकाले यसमा सहयोगका लागि राजदुत समक्ष आग्रह गरेका छन् ।

साथै, भेटवार्तामा आपसी आर्थिक सम्बन्ध विस्तारका लागि व्यवसायिक भ्रमणको आदान-प्रदान, लगानीका सम्भाव्य क्षेत्रहरु, प्रमुख पर्यटकीय गन्तव्य स्थलहरुका विषयमा इटलीमा प्रवर्द्धन, हवाई सम्पर्क विस्तार लगायतमा विशेष जोड दिइएको थियो ।

भेटवार्तामा नेपालका लागि इटलीका अवैतनिक महावाणिज्य दुत एवं महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment