Comments Add Comment

पथरीबासीलाई चाहियो छुट्टै नगरपालिका

८ असार, मोरङ । मोरङको पथरीलाई छुट्टै नगरपालिका घोषणा गर्न माग गर्दै स्थानीयबासी सडकमा उत्रेका छन् । छिमेकी गाविस शनिश्चरेलाई समेत गाभेर ‘पथरी-शनिश्चरे नगरपालिका’ बनाउने सरकारी निर्णयको विरोध गर्दै स्थानीयले आइतबार सडकमा उत्रेर विरोध जनाएका हुन् ।

पथरी विकासको पूर्वाधार, नगरपालिका हाम्रो अधिकार तथा पथरीमा सबै कुरा पाइन्छ एकल नगरपालिका चाहिन्छ जस्ता नारा लाउँदै सयौं स्थानीयहरु सडकमा उत्रेको स्थानीय सञ्चारकर्मी गोपाल काफ्लेले जानकारी दिएका छन् ।

सडकमा उत्रेका सयौं स्थानीयको जुलुस पथरी बजार र बुद्ध चोक परिक्रममा गरी जनआन्दोलनमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment