Comments Add Comment

कांग्रेस कार्यकर्ता ओसार्न चुनावी पर्यवेक्षकको गाडी प्रयोग

८ असार, बर्दिया । संविधानसभा उपनिर्वाचनको पर्यवेक्षणमा खटिएको ‘लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण (ड्यू) नेपाल’ले मतदानका दिन कांग्रेस कार्यकर्ता ओसारेको छ ।

ड्यू नेपाल, बर्दियाले पर्यवेक्षणका लागि प्रयोग गरेको ग १ च ७३०१ नम्बरको गाडीले असार ६ र ७ गते बर्दिया जमुनी गाविसमा कांगे्रसका कार्यकर्ता बोकेको पाइएको मुख्य निर्वाचन अधिकृत ऋषिप्रसाद अधिकारीको प्रतिवेदनमा उल्लेख छ । आचारसंहिता उल्लंघन गरेको पाइएपछि निर्वाचन अयोगले चारवटै क्षेत्रमा ड्यू नेपाललाई पर्यवेक्षणमा तत्काल रोक लगाउने निर्णय गरेको हो । आयोगका अनुसार उक्त गाडी निर्वाचन अधिकृतको निर्देशानुसार सशस्त्र प्रहरी बलले गाडी नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment