Comments Add Comment

अन्तिम ३० सेकेण्डमा गोल, विश्वकपमा पोचुर्गलको सम्भावना कायमै

Varela

९ असार, काठमाडौं । अन्तिम ३० सेकेण्डका गोलको मदतमा अमेरिकालाई बराबरीमा रोक्दै पोर्चुगलले विश्वकप फुटबलको नकआउट चरण प्रवेशको सम्भावना कायमै राखेको छ । सोमबार विहान भएको खेलमा पोर्चुगलले अमेरिकालाई २-२ को बराबरीमा रोक्दै अंक बााडेको छ ।

खेल सकिन करिव ३० सेकेण्ड बााकी रहेको अवस्थामा सिलवस्त्रे वरेलाले हेड गोल गरेका थिए । क्रिष्टियानो रोनाल्डोको पसमा उनले गोल गरे । बराबरीपछि अमेरिकाले समूह चरणको अन्तिम खेल अघि नै अन्तिम १६ मा स्थान बनाउने मौका गुमाएको छ ।

एरिना एमाजोनियामा पोर्चुगलले पाँचौं मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि नानीले अमेरिकाको कमजोर रक्षापंत्तिको फाइदा उठाउँदै गोल गरे ।

Nani-goal

तर, सुरुवाति झड्का व्यहोरेको अमेरिकाले १३ औं मिनेटमा राम्रो मौका पाएको थियो । क्लिन ड्याम्सीको प्रहार गोलपोष्टबाट थोरै बाहिर भयो । २४ औं मिनेटमा माइकल ब्रड्ली चुके ।

अमेरिकाको एकपछि अर्को आक्रमणपछि पोर्चुगल केही रक्षात्मक भएको थियो । ड्याम्सीसँगै फाबिनान जोनसनले पोर्चुगलमाथि लगातार दबाव कायम राखे ।

चोटका कारण सोचे अनुरुप प्रदर्शन गर्न नसकेका पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोले ४३ औं मिनेटमा आफ्नो खेल देखाएका थिए । तिब्र गतिमा बल लगेर उनले नानीलाई राम्रो पास दिएका थिए ।

दोस्रो हाफको ५१ औं मिनेटमा पोर्चुगलका एडरको प्रहार अमेरिकी गोलरक्षक टिम हवार्डले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफमा पोर्चुगलले खेलमा रणनीति परिर्वतन गर्दै बढी रक्षात्मक खेल्यो । त्यसका फाइदा उठाउँदै अमेरिकाले दुई गोल गर्दै अग्रता लिन सफल भयो ।

Clint-Dempsey

६४ औं मिनेटमा करिव २२ यार्ड टाढाबाट जर्मेन जोन्सले बराबरी गोल फर्काए । ८१ औं मिनेटमा ड्याम्सीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए ।

बराबरी गोल फर्काउने एकपछि अर्को प्रयास असफल हुँदा पोर्चुगलका खेलाडी निरास थिए भने अमेरिकी खेलाडीहरु नक आउट चरणको खुसी मनाउन तयार भइरहेको बेला खेलले नाटकीय रुप लियो ।

रेफ्रीले खेल सकिएको संकेत गर्नु केही सेकेण्ड अगाडी जे भयो, त्यसले इतिहास रच्यो । रोनाल्डोको पासमा वरेलाले अमेरिकाका दुई खेलाडीको बीचबाट गरेको हेड बलले जाली चुम्यो र पोर्चुगलले अंक खोस्यो ।

समूह जीमा जर्मनी ४ अंकसहित शीर्ष स्थानमा छ भने समान अंक जोडेको अमेरिका गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । घाना र पोर्चुगलको समान १-१ अंक छ । अब समूह चरणको अन्तिम खेलमा जर्मनी र अमेरिका भिड्नेछन् भने पोर्चुगलले घानासाग खेल्नेछ ।

अघिल्लो चरण प्रवेशका लागि पोर्चुगलले घानालाई ठूलो अन्तरले पराजित गरेर मात्र पुग्दैन, अमेरिकाको हारको पनि कामना गर्नुपर्छ । अमेरिकाको जित वा बराबरीले भने पोर्चुगल समूह चरणबाटै बाहिरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment