Comments Add Comment

संविधानसभाको बैठक बस्दै

९ असार, काठमाडौँ । संविधानसभाको बैठक बस्दैछ । संविधानसभाको भवन नयाँ बानेश्वरमा विहान ११ बजेपछि बस्ने वैठकमा व्यवस्थापकिय अंगको स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि छलफल हुने छ ।

त्यसअघि संविधान अभिलेख अध्ययन अध्ययन तथा निर्क्यौल समितिका सभापति विष्णु पौडेलले संविधानसभाको पुर्ण बैठकमा सभासदहरुले उठाएको प्रश्नको जवाफ दिनेछन् । पौडेलले जवाफ दिएपछि व्यवस्थापकिय अंगको स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

शासकीय स्वरुपका सम्बन्धमा तयार पारेको प्रतिवेदनमा रहेका सहमति र असहमतिका विषयमा संविधानसभाको पुर्ण बैठकमा सभासदहरुले आआफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment